मेरी आमा र मेरो इच्छा

लेखक: अध्येता चालिसे
ठेगाना: कपन, काठमाडौँ
विद्यालय: त्रि-ज्योति माध्यमिक विद्यालय,कक्षा : ५
प्रकाशन मिति: २९ श्रावण २०८२, बिहिवार
आमा तिमी नै हौ मेरो सास
तिमी नै हौ आमा मेरो प्राण खास
आमा ! तिमीले नै बुझ्छ्यौ मेरो भाषा।
तिमी बिना पूरा हुन्न मेरो कुनै आशा
आमा ! तिम्रै कोखबाट भयो मेरो जीवन सुरु
आमा ! तिमी नै हौ जन्मदाता अनि पहिलो गुरु
तिम्रै साथले बन्छु आमा म त सधैं ज्ञानी
भविष्यमा बन्नु छ मैले सहयोगी र दानी
आमा ! बन्नु छ मलाई गौतम बुद्धको शिष्य
चिन्ता लाग्छ आमा कस्तो होला मेरो भविष्य
गुरुहरू भन्नुहुन्छ डाक्टर, पाइलट बन
इच्छा लाग्छ बन्न आमा असल भक्तजन
आमाबुबा गुरु नै हुन् प्रेरणाका खानी
देशको सेवा गर्न मन छ बनी सधैँ ज्ञानी
मेरो नसामा बग्छ आमा सधैँ तिम्रो रक्त
बन्ने इच्छा लागेको छ सच्चा देशभक्त
प्रतिक्रिया दिनुहोस्

