प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने, त्यसअघि मन्त्रिपरिषद् बैठक

-

काठमाडौँ,९ बिहिबार । प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्।

जेनजी विद्रोहका बलमा गठित अन्तरिम सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन्।

प्रधानमन्त्री कार्कीले पहिलोपटक सम्बोधन गर्न लागेकी हुन्।

उनले सम्बाेधनका क्रममा सरकारका प्राथमिकता र वाचाहरु सार्वजनिक गर्ने अपेक्षा गरिएकाे छ। गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा यसको तयारी भइरहेको छ। मुख्यसचिवसहित केही सचिवहरू पनि यसमा संलग्न छन्।

प्रधानमन्त्रीको सम्बोधनअघि आज दिउँसाे मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य