सुकुमबासी नेताकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठे घर, परियार पक्राउ

-

काठमाडौं, ११ वैशाख । थापाथलीका सुकुमबासी नेता नारायण परियार (परिश्रमी) की श्रीमतीको नाममा काठमाडौंको शान्तिनगरमा सुविधासम्पन्न घर रहेको पाइएको छ।

शुभमाया परियार (कपाली) को नाममा शान्तिनगरस्थित जागृति टोलमा १६ कोठा भएको तीनतले घर रहेको पुष्टि भएको हो।

उक्त घरको विवरण शुभमायाले आफ्नै पसल ‘शुभ नारायण स्टोर्स’ का नाममा ऋण लिनका लागि नेपाल बैंक लिमिटेड नयाँ बानेश्वर शाखामा २०७७ साउनमा पेश गरेको स्वघोषणा पत्रमार्फत खुलेको हो।

स्वघोषणा पत्रमा उनले सो घर पर्ति जग्गामा बनेको र लालपुर्जा नभएको उल्लेख गरेकी छन्। घरको मूल्य ८० लाख रुपैयाँ रहेको पनि उनको दाबी छ।

त्यसैगरी, उक्त घरमा नेपाल विद्युत प्राधिकरणबाट उनको आफ्नै नाममा बिजुलीको मिटर जडान भएको उल्लेख गरिएको छ।

यसैबीच, सुकुमबासी नेता परियारलाई बैंकिङ कसुरको अभियोगमा प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य