काठमाडौं महानगरपालिकाको छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक

Categories:

-

काठमाडौं,४ साउन । महानगरपालिकाले कक्षा ११ र १२ का लागि लिएको छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक गरेको छ। शनिबार सम्पन्न परीक्षामा १४,१७३ विद्यार्थी सहभागी भएका थिए, जसमध्ये १०,८६७ जना उत्तीर्ण भएका छन्।

महानगरका अनुसार करिब ४,४९९ जना विद्यार्थीले छात्रवृत्तिको अवसर प्राप्त गर्ने अनुमान गरिएको छ। सफल विद्यार्थीहरूले काठमाडौं महानगरभित्रका १६१ वटा निजी विद्यालयमा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न पाउनेछन्।

संकायअनुसार उत्तीर्ण संख्या फरक रहेको छ। विज्ञान संकायमा ८,७५० जना, व्यवस्थापनमा १,९५७, कानुनमा १३५, शिक्षा संकायमा १९ र मानविकीमा ६ जना उत्तीर्ण भएका छन्।

छात्रवृत्तिका लागि आवेदन दिँदा छनोट गरिएको विद्यालय र विषयका आधारमा नामांकन हुनेछ। नतिजामा चित्त नबुझेमा विद्यार्थीले साउन ५ गतेसम्म पुनर्योग गर्न सक्नेछन्। पुनर्योगपछि मात्र अन्तिम नामांकन सूची प्रकाशन हुनेछ।






काठमाडौँ छात्रवृत्ति ड्यासबोर्ड


काठमाडौँ महानगरपालिका छात्रवृत्ति परीक्षा २०८१

कक्षा ११ र १२ का लागि छात्रवृत्तिको परीक्षा परिणाम विश्लेषण (Static View)

कुल परीक्षार्थी

१४,१७३

उत्तीर्ण विद्यार्थी

१०,८६७

छात्रवृत्ति पाउने

४,४९९

विद्यालय संख्या

१६१

संकाय अनुसार

विज्ञान८,७५०

व्यवस्थापन१,९५७

कानुन१३५

मानविकी

शिक्षा१९

६,८०१

छात्र (६२.६%)

४,०६४

छात्रा (३७.४%)

कोटा तुलना

विज्ञान (१,९३१ कोटा)७५३%

व्यवस्थापन (२,३१९ कोटा)८४%

कानुन (१०५ कोटा)१२९%

* कोटा भन्दा बढी उत्तीर्ण भएकाले छात्रवृत्तिका लागि प्रतिस्पर्धा हुनेछ।


प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य