6.1 C
Kathmandu

देखेर स्थिति देशको निन्द्रा समेत भाग्दछ

-

देखेर स्थिति देशको निन्द्रा समेत भाग्दछ

लेखक: नारायणबाबु तिम्सिना

ठेगाना: कपन, काठमाडौँ

शैली: कविता

प्रकाशन मिति: २०८२ असोज ४ शनिवार

जल्यो देश एक्कासि मारिए दर्जनौँ मानव
प्रदर्शन भनी जेन्जीको देशै भरी ताण्डव
छोरा छैन कत्तिको हराए छोरिहरू कता
विद्रोह गयो हिंसामा सबको भयो विपत्ता।।

सत्तामा बसेका सबै मस्त निन्द्रामा रहँदा
आफ्नै मात्र मोजमस्ती चोचोमोचो मिलाउँदा
जनता बाटो क्यै नपाई सधैँ नै पिल्सिइरहँदा
उर्वर बन्यो देशमा आन्तरिक कारण यहाँ ।।

शत्रुका गोप्य योजना अन्त कतै बन्दै थिए
राज्यद्रोहीहरूले आफ्नै पद पनि बेचिदिए
आफ्नै स्वार्थमा फस्दा बिदेशीलाई सघाउँदा
सम्झेन देश कसैले नेपाल नै बगाउँदा ।।

ताकेर मर्म मर्मामा संवेदनशील अंगमा
देश नै मास्ने सोचले हाम्रो प्राण प्राणमा
नराखी माया कत्ति नि सबै ध्वस्त बनाउने
कसरी हुन्छ नेपाली यस तरहले साथ दिने।।

नर्तकी नाच्छ पर्दामा गोप्यमा बाजा बझ्दछ
हाँसेर नाच हेर्नमा दर्शक जति मस्त छ
हेरेर लिला दानवको देवता समेत छ्क्क छ
गफिन्छ मान्छे बबुरो कसरी कुरा बुझ्दछ।।

जादु होइन प्रष्ट छ सपना जस्तो लाग्दछ
ब्युँझन खोज्दा दुनियाँ कामेर भैँ मा लड्दछ
बल्दैछ देश दन्दनी जताततै त्रास छ
देखेर स्थिति देशको निन्द्रा समेत भाग्दछ।।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य