रत्न उप्रेतीको कविता: आखॅा

-

आखॅा

लेखक: रत्न उप्रेती

ठेगाना: बुढानिलकण्ठ नगरपालिका वडा नं. १२

शैली: कविता

प्रकाशन मिति: २०८२ असोज ४ शनिवार

हे आंखा तेरो काम हेर्ने हो
प्रस्ट हेर निष्पक्ष भएर हेर
कमसल भएर नहेर असल भएर हेर
तेरो हेराई नै निर्णय हो ठिकसंग हेर

तेसै हेर्नु भन्दा पहिले
तंलाई हेर्न लगाउने को ?
हेर्न लगाउनेले के अराउछ
त्यस्को परिणाम के आउछ ।

तेरो हेराइमा नराम्रो देख्छस्
यात राम्रो देख्छस
देख्ने तेरो काम हो
इज्जत् राखेर हेर तेरो नामको

तॅलाई हेर्न लगाउने तेरो मालिक
उ आफू कति सुध्द छ
तेरो कामले उ कतिको सन्तुष्ट छ
उस्को आज्ञा तेरो बुझाइमा कतिको प्रष्ट छ

तॅ तेरो मालिकले अराएको गर्दछस्
कालोलाई पनि तॅ सेतो देख्छस्
सेतोलाई पनि तॅ कालो देख्छस्
अध्यारोलाई पनि तॅ उज्यालो देख्छस्
उज्यालोलाई पनि तॅ अध्यारो देख्छस्
किनभने
तॅ तेरो मालिकले जे अरायो तेहि देख्छस् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य