9.1 C
Kathmandu

विद्यालय शिक्षा विधेयकविरुद्ध निजी विद्यालयको र्‍याली, ९ गतेदेखि बन्दको चेतावनी

Categories:

-

काठमाडौं,६ भदौ । विद्यालय शिक्षा विधेयकका केही प्रावधानको विरोधमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) ले शुक्रबार सवारीसाधनसहित र्‍याली निकालेका छन्।

प्याब्सन र एनप्याब्सनले संयुक्त रूपमा काठमाडौंको चक्रपथ परिक्रमा गर्दै विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले विद्यालय शिक्षा विधेयकमा समावेश गरिएका आफूहरूलाई असर पार्ने प्रावधान हटाउन माग गर्दै सरकारलाई चेतावनी दिएका छन्।

सङ्गठनहरूले ८ गतेसम्म माग सम्बोधन नभए ९ गतेदेखि देशभरका निजी विद्यालय बन्द गर्ने घोषणा गरेका छन्। उनीहरूले शिक्षा मन्त्रालय र सम्बन्धित निकायलाई गम्भीर हुन आग्रह गर्दै भनेका छन्, “यदि हाम्रो आवाज सुन्ने प्रयास भएन भने कठोर आन्दोलनका विकल्प छैन।”

विवादित विधेयकमा राखिएका प्रावधानमध्ये पूर्ण छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था, विद्यालयमै उत्पादन नहुने सामग्री उपलब्ध गराउने बाध्यता, र निजी विद्यालयलाई गैरनाफामूलक संस्था बनाउने प्रयासप्रति उनीहरूले आपत्ति जनाएका छन्।

प्याब्सन र एनप्याब्सनका पदाधिकारीहरूका अनुसार यी प्रावधानले निजी शिक्षण संस्थाको अस्तित्व नै संकटमा पार्ने खतरा छ। उनीहरूले भने, “हामी गुणस्तरीय शिक्षा दिन प्रतिबद्ध छौं, तर अव्यावहारिक प्रावधानले शैक्षिक वातावरण बिथोल्नेछ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य