नेपाली बन्ने हो

-

नेपाली बन्ने हो

लेखक: मोहन प्रसाद फुयाल

ठेगाना: कपन, काठमाडौँ

शैली: कविता

प्रकाशन मिति: २०८२ असोज ४ शनिवार

माटोको टीका लगाई भनौं हौँ सच्चा नेपाली

बैरीले माटो कुल्चे सहन्नौँ हौं वीर नेपाली

पुर्खाको नासो यो सफा माटो खोज्दैछन् किल्चिन

छौँ स्वाभिमानी बिक्दैनौँ कोही बन्दैनौँ सिक्किम

लिम्पियाधुरा त्यो पनि हाम्रो काली नि हाम्रो हो

सबैले बोलौँ इतिहास खोलौँ टिस्टा नि हाम्रो हो

जाल र झेल अनेक गर्छ बिकम्मा छिमेकी

हुँ भन्छ मित्र कालो छ भित्र बस्दैन नहेपी

खुट्टामा किच्दा सहेरै बस्यौं को दिन्छ छातीमा

पाखन्डी साह्रै कुल्चिन खोज्छ आमाको छातीमा

बैरीको पासो भित्र त्यो थियो हामीले सघायौँ

अतीत भुल्छ सीमाना मिच्छ कसरी सम्झाऔं

गुन त्यो भुली छल्छाम गरे खुकुरी साक्षी छ

रोटी र बेटी सम्बन्ध भन्दा स्वाभिमान माथि छ

बैरीको अघि झुकेका छैनौं विश्वमा शान छ

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य