१४ हजारभन्दा बढी विद्यार्थी सहभागी ! काठमाडौं महानगरको छात्रवृत्ति परीक्षाको नतिजा आजै

-

काठमाडौं,४ असार । काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षामा १४ हजार १७३ विद्यार्थी सहभागी भएका छन्।

शनिबार सम्पन्न परीक्षामा छनोट गरिएका १६ हजार १३७ मध्ये ५४ परीक्षा केन्द्रबाट विद्यार्थीले सहभागिता जनाएका हुन्।

महानगरपालिकाको शिक्षा विभागका अनुसार देशभरका ७७ जिल्लाबाट प्राप्त १७ हजार २२९ आवेदकमध्ये योग्य ठहरिएका विद्यार्थीहरूलाई परीक्षाका लागि छनोट गरिएको थियो।

महानगरपालिकाले परीक्षा मर्यादित र व्यवस्थित रूपमा सम्पन्न भएको जनाएको छ।

परीक्षाको उत्तरपुस्तिका अप्टिकल मार्क रिडर (OMR) प्रणालीमार्फत जाँच भइरहेको छ। यस प्रणालीमार्फत उत्तरपुस्तिका स्क्यान गरेर स्वचालित रूपमा मूल्याङ्कन गरिने भएकाले परिणाममा पारदर्शिता र शुद्धता सुनिश्चित हुने जनाइएको छ।

नतिजा आजै प्रकाशित हुने महानगरपालिकाले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य