13.1 C
Kathmandu

नवरात्र सुसेली

-

नवरात्र सुसेली

लेखक: दुर्गा अधिकारी 'भमरकोटे'

ठेगाना: कपन, काठमाडौँ

शैली: कविता

प्रकाशन मिति: २०८२ असोज ४ शनिवार

घटस्थापना
नवदुर्गा भवानी
प्रतिष्ठापना ।

राम्रो सौभाग्य
शैलपुत्री आरोग्य
भर ऐश्वर्य

भक्ति प्रतीक
माता ब्रम्हचारिणी
पुजा विषेश ।

चन्द्रघण्टाको
मणिपुर चक्रमा
ध्यान गर्ने हो ।

जपे कूष्माण्डा
रोग दोष शोकको
अन्त्य हुने हो ।

दायाँ तिर छन्
देवी शान्ति मोक्षकी
स्कन्दमाता हुन् ।

कात्यायनीले
गर्छिन् मोक्ष प्रदान
अभयदान ।

कालरात्रीको
ललाटमा ध्यानले
भर्छिन् ज्ञानले ।

महागौरीको
अलौकिक सिद्धिको
पूजा विधिको ।

लिनुस् शरण
सिद्धिदात्री माताले
सिद्ध गरन ।

हुन्छ बिजय
आशीर्वाद बडाको
बन्छ अजय ।

तिम्रै शरण
नवदुर्गा भवानी !
रक्षा गरन ।

के के चाहिन्छ ?
कोजाग्रत ब्रतले
सबै पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य