11.1 C
Kathmandu

बिहानै खुल्यो बूढानिलकण्ठ वडा–२ कार्यालय

-

काठमाडौ, ८असोज। बूढानिलकण्ठ नगरपालिका–२ को वडा कार्यालय आज बिहान ७ बजेदेखि नै सेवा प्रवाहमा खुलेको छ। सामान्यतया सरकारी कार्यालयहरू बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मात्र खुल्ने गरे पनि यस पटक वडा कार्यालयले समय अगावै सेवा उपलब्ध गराएको हो।

वडा कार्यालयका अनुसार ‘सुत्र’ नामक सरकारी राजस्व सफ्टवेरमा समस्या देखिएपछि सेवा ग्राहीलाई सहज बनाउन कार्यालय बिहानै खुलाइएको हो। सो समयमा १७ जनाले विभिन्न सेवा लिएका छन्।

वैदेशिक रोजगारका लागि आवश्यक कागजात लिन आएका विद्यार्थी, बैना पट्टा गर्ने, बैंकिङ कारोबारका लागि प्रमाण चाहिने सेवाग्राहीले बिहानै सुविधा पाए।

वडा सचिव दीपक विसीले कार्यालयको समय अघि सारिएको जानकारी दिए। त्यस्तै, वडा अध्यक्ष राजेन्द्र श्रेष्ठले स्थानीयवासीको समस्यामा साथ दिनु आफ्नो कर्तव्य भएको बताउँदै “जनताले समस्या समाधान होस् भनेर नै हामीलाई चुनेका हुन्,” भने।

बूढानिलकण्ठ नगरपालिकामा १३ वटा वडा रहेका छन्। जसमध्ये वडा नम्बर १०, ११ र १२ का कार्यालय जेन्जी आन्दोलनकारीको आक्रमणमा प्रभावित भएका छन्।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य