13.1 C
Kathmandu

नमूना महिला बेकरी : संघर्षपछि स्थिरता

Categories:

-

काठमाडौ,७ असोज। २०७४ माघ ८ गतेदेखि बूढानीलकण्ठ नगरपालिका–२, चपली घुम्ती नजिकै सञ्चालनमा आएको नमूना महिला बेकरी अहिले स्थिर अवस्थामा पुगेको छ।

१० जना महिला लगानीकर्ताले १५ लाख रुपियाँ लगानीमा सुरु गरेको यो बेकरीलाई वडा कार्यालयले थप १० लाख सहयोग गरेको थियो।

अध्यक्ष ज्ञानु कार्की थापाको नेतृत्वमा सञ्चालित बेकरीले सुरुवाती वर्षहरूमा उत्साहजनक प्रगति गरे पनि कोभिड महामारीका कारण दुई वर्षसम्म भाडा तिर्दै खाली बस्नुपरेको थियो।

हाल भने बेकरी न घाटामा छ, न त नाफामा पुगेको छ। तर, ४ जना महिलाले रोजगारी पाएका छन् र बेकरी सञ्चालनसम्बन्धी तालिम समेत प्राप्त गरेका छन्।

अध्यक्ष थापाका अनुसार, “महिला दिदीबहिनीहरूको लगानी र तालिमले यहाँसम्म ल्याएको हो। हामी अहिले स्थिर छौँ, आगामी दिनमा नाफासहित विस्तार गर्ने योजना बनाइरहेका छौँ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य