21.1 C
Kathmandu

२० मध्ये १० बैंकले ब्याजदर घटाए

Categories:

-

काठमाडौं,३० कार्तिक  । मंसिर महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। कात्तिकको तुलनामा यस महिनामा औसत ब्याजदर झनै घटेको देखिन्छ।

व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर औसत ५.२० प्रतिशतबाट घटेर ५.०४ प्रतिशत पुगेको छ।

२० वाणिज्य बैंकमध्ये १० बैंकले ब्याजदर घटाएका छन् भने बाँकी १० बैंकले कात्तिककै दर निरन्तरता दिएका छन्।

ब्याजदर घटाउने बैंकहरू:
नबिल, सानिमा, कुमारी, एनआईसी, सिद्धार्थ, प्राइम, हिमालयन, स्ट्याण्डर्ड चार्टर्ड, सिटिजन्स र नेपाल एसबिआई।

यस महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याज ग्लोबल आइएमई बैंकले दिने भएको छ भने सबैभन्दा कम स्ट्याण्डर्ड चार्टर्ड बैंकले दिनेछ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य