यो स्थान विज्ञापनको लागि खाली छ

विज्ञापनमार्फत साहित्यलाई प्रवर्धन गर्नुहोस्

WhatsApp

शाशी वि. के.को कविता : मातृभूमि

मातृभूमि

लेखक: शाशी वि. के.

ठेगाना: कपन, काठमाडौँ

विद्यालय: शारदा एकेडेमी,कक्षा ७

शैली: कविता

प्रकाशन मिति: २९ श्रावण २०८२, बिहिवार

हराभरा सुन्दर यो,

प्रकृतिको छायाँ।

मलाई प्यारो लाग्छ हजुर,

मेरै देशको माया॥

अति सुन्दर मेरो माटो,

टेक्दै शीतल हुने।

छहरा–पहरा गुन्जिदा,

मन नै शीतल हुने॥

हरियाली सुन्दर लाग्छ,

मेरो जन्मभूमि।

सधैंभरि ऊनकै काखमा,

बस्न पाइयोस् हँ उनी॥

दुःख–सुख विसाउन,

मलाई मन लाग्छ।

मेरो आमा ! तिम्रो काखमा,

मलाई निद लाग्छ॥

चार जात, छत्तीस वर्ण,

तिमी हौं हाम्रो शान।

वीरताको गाथा हामी,

सुन्दरताको खान॥

जहाँ–जहाँ जान्छौं हामी,

तिमी साथमा हौं।

जन्मभूमि नेपाल मेरो,

धेरै सुन्दर लाग्छ हौं॥

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य