21.1 C
Kathmandu

छोरी अब तिमी बुहारी बन्नु

-

छोरी अब तिमी बुहारी बन्नु

लेखक: सबिना श्रेष्ठ

ठेगाना: कपन , काठमाडौँ

विद्यालय: पुष्पलाल मेमोरियल स्कुल.कक्षा १०

शैली: कविता

प्रकाशन मिति: २०८२ भाद्र १२ बिहिवार

छोरी तिमी अब बुहारी बन्नु
बा-आमाले भनेको मान्नु,
के गर्छौ त चलन नै यस्तै छ
छोरीको साइनो तिमीले अब
नयाँ बुहारी सँग साट्नु,
आफू जन्मिएर फूलबारी सजाएको घरलाई बिरानो बनाई
पराइ घरलाई आफ्नै स्वीकार्नु
परायलाई आफ्नो ठान्नु
आफ्नालाई पराय भन्नु।।

समाजको परिभाषा आफूले बुझ्नु
अरूलाई झन् धेरै बुझाउनु
आफूलाई पराइसामु सुम्पनु
नित्य पाउ धोइ पूजा गर्नु
बुहारी बुहारी भइ माया पाइराख्न
प्रशस्त दाइजो ल्याउनु।।

बिहान कोहि नउठी आफू उठ्नु
घुम्टो ओढि बिस्तारै पाइला चाल्नु
आफू हेपिएकै ठिक छ
अरूलाई सम्मान गर्नु
श्रीमानलाई जागिर लगाएर
आफू चुला चौका गर्नु
अरूलाई सोफामा सजाएर
बुहारी भुइँमा बस्नु।।

सिंदुर, पोते, चुराहरूले
आफूलाई ढकमक्क ढाक्नु
आफ्नै बाबुआमालाई भेट्न
बेला बेला बुहारीले निवेदन हाल्नु
स्वीकृति बक्स भएन भने
घुम्टो भित्रै सुँक्क सुँक्क रुनु
तिमी बुहारी हौ बुहारी
तर आवाज पटक्कै ननिकाल्नु।।

बुहारी तिमी लाटी बन्नु
धेरै नबोल्नु, धेरै नहाँस्नु
आफ्नो घर परिवार सबैको
मन बुझाउनु , चित्त नदुखाउनु
तिमी बुहारी हौ बुहारी
आफ्ना मनभरीका रहरहरूलाई सदाका लागि तिलान्जली दिएर
आफ्नो आचरण र व्यवहारले
सबैकी असल र प्यारी बन्नु
आफ्नो प्रथा र संस्कार सजाउनु
परिवारको विरासत जोगाउनु ।।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य