20.1 C
Kathmandu

लक्ष्मी स्मृतिको गजल

Categories:

-

लक्ष्मी स्मृतिको गजल

प्रकाशन मिति: २४ साउन २०८२

तिमीले पठायौ र पो याद आए।
परेली भिजाएर अड्डा जमाए।

सुसेली बजाएँ,कसैको खवरमा
नयनले उसैको इशारा लगाए।

रमाई,लजाई सुटुक्कै पसेछौ,
मनै यो उघारी सकारै जनाए।

कसैले भनेथे न बिर्से पथैमा,
कहाँ छुट्न दिन्थे र दिलमै सजाए।

मलाई जलायो कसैको गुनैले
म बैरी कहन्थेँ उनैले बचाए।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य