मोहन प्रसाद फुयालको गजल

Categories:

-

लेखक: मोहन प्रसाद फुयाल

ठेगाना: कपन, काठमाडौँ

शैली: गजल

प्रकाशन मिति: ३१ श्रावण २०८२, शनिवार

जलन कहाँ देखिन्छ र ? जल्ने मन रहेछ
किन चाहियो गहिरो दाग पोल्ने वचन रहेछ

प्रेमको प्यासले डोराइरह्यो दिशाहीन यात्रा
प्रेम साँगुरो गल्ली होइन विशाल गगन रहेछ

ओठले नबोलेरै मनले लेख्थेँ प्रेमका कथा
प्रेम दिलका अक्षरमा लुकेको स्पन्दन रहेछ

मनको झाडी फाँडेर विश्वासको फूल रोपेँ
हरदम वासना फैलिने प्रेमको उपवन रहेछ

च्यातिएको मन सिउन मनले उन्यो धागो
च्यातिए पनि सिलाई रहने प्रेम बन्धन रहेछ

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य