चन्द्रकला बस्नेतको गजल

Categories:

-

लेखक: चन्द्रकला बस्नेत

ठेगाना: कपन, काठमाडौँ

शैली: गजल

प्रकाशन मिति: ३१ श्रावण २०८२, शनिवार

मैले कहाँ कहेँ र,पिरै पिर भो भनेर, भिरैवाट झारेपनि,भिरै भिर भो भनेर।।

गगन चुम्ने सपना मेरा, झर्दा खोला वगर। मैले कहाँ भने र ,तिरै तिर भो भनेर,।।

यातनालाई चेताना हो, भनी स्वीकार गरेँ मैले कहाँ भनेर, झिरै झिर भो भनेर।।

अन्यायलाइ नसहने स्वभाव मेरो भएपनि मैले कहाँ भनेर चिरै चिर भो भनेर।।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य