लक्ष्मी स्मृतिको गजल

लेखक: लक्ष्मी स्मृति
ठेगाना: लक्ष्मी स्मृति बिराटनगर-५
शैली: गजल
प्रकाशन मिति: २०८२ भाद्र २१ शनिवार
कहिँ कतै नभाको रुप,गती बिना ।
म आएँ तिम्रो सामु अनुमति बिना ।
रहर छ चोखो मायाँ गाँस्ने सदालाई
सकिन्छ कि सकिन्न खै क्षति बिना।
वास्तै गर्दैनन् कोहि सुको नहुनेलाई
मायाँ डेग चल्दैन यहाँ सम्पति बिना।
जति कमाए पनि मर्दा लगिन्न साथ रे
नामै हराउँछ भन्छन् सन्तति बिना ।
राम्रो देख्यो,स्मृतिमा सजाऊँ लाग्छ
कोहि दिलमा बस्दैनन् उन्नति बिना।
प्रतिक्रिया दिनुहोस्

