गाउँमा परिवर्तन

लेखक: मानदेव कार्की
ठेगाना: गोल्फुटार, काठमाडौँ
विद्यालय: श्री महाँकाल जनजागृति, कक्षा १२
शैली: कविता
प्रकाशन मिति: २२ साउन २०८२
बिहानी धाम झुल्किनु अघि हिँड्नु छ खेतमा
जुवा छ काँधमा हलो छ हातमा दुई गोरु साथमा ।
माटोको घर त्यसमाथि खर अहिले टिन छ
गोठमा बाख्रा, गाई र भैँसी रमाइलो दिन छ।
गइन्थ्यो वन गाइन्थ्यो गीत जो आफ्नै लयमा
छैनन् है कोही गोठालो अब हिँड्नलाई साथमा ।
गाउँले आउँथे लगाउँथे देउडा चाड र पर्वमा
माया र याद छोडेर गए मुटुको मर्ममा।
अँध्यारो रातमा आउँथ्यो जून बिजुली चम्कियो
उज्यालो भई प्रविधियुक्त गाउँ नै घन्कियो ।
नजाऊ अन्त बस है गाउँमा विकास हुँदै छ
विकासको गति बढेर अब हिमाल छुटै छ ।
प्रतिक्रिया दिनुहोस्

