12.1 C
Kathmandu

विद्यालय शिक्षा ऐनको माग गर्दै नेविसंघको प्रदर्शन, टायर बाल्दा ४ जना पक्राउ

Categories:

-

काठमाडौ, ३० असार । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै राजधानीमा प्रदर्शन गरेको छ ।
काठमाडौं–भक्तपुर सडकखण्डमा टायर बालेर सडक अवरुद्ध गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको छ भने चार जनालाई पक्राउ गरेको छ।

प्रदर्शनकारीहरूले सरकारलाई विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै नाराबाजी गरेका थिए। उनीहरूका अनुसार हाल भइरहेको सिनेट बैठक विद्यार्थीको प्रतिनिधित्वबिना अवैधानिक छ, त्यसैले मान्य नहुने बताए। साथै, शिक्षक नियुक्ति प्रक्रिया १०० प्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग पनि राखिएको थियो।

कोटेश्वर बहुमुखी क्याम्पसका स्ववियू अध्यक्ष सञ्जय बुढाथोकीसहित ४ जनालाई प्रहरी नियन्त्रणमा लिएको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिन कोटेश्वर आसपासमा थप सुरक्षाकर्मी परिचालन गरेको छ।

विद्यालय शिक्षा ऐन लामो समयदेखि अलपत्र अवस्थामा रहेको भन्दै नेविसंघले निरन्तर दबाबमूलक आन्दोलन गर्ने चेतावनी दिएको छ। उनीहरूले शिक्षा प्रणालीमा पारदर्शिता, सहभागिता र समावेशीकरणको माग गर्दै सरकारलाई तत्काल कदम चाल्न आह्वान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य