12.1 C
Kathmandu

विद्यालयको पैसामा भ्रष्टाचार! अखिल क्रान्तिकारीद्वारा विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई कालोमोसो

Categories:

-

पोखरा, २७ असार – पोखरा–२८ स्थित छोरे पाटन माविका विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) अध्यक्षमाथि भ्रष्टाचारमा संलग्न रहेको आरोप लागेपछि नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनले जनकारबाही स्वरूप कालो मोसो दल्ने कारबाही गरेको छ।

विद्यालयको बजेट दुरुपयोग, आर्थिक अनियमितता, र शिक्षण–प्रशासनमा मनपरी गरेको आरोप लाग्दै आएका अध्यक्षमाथि बिहीबार दिउँसो विद्यालय परिसरमै कारबाही गरिएको हो।

अखिल क्रान्तिकारीका पोखरा–२८ इकाई संयोजकले जनाएका अनुसार, ‘वि.व्य.स. अध्यक्षले विद्यार्थीहरूको हकमा आउने स्रोत र रकमलाई निजी लाभका लागि प्रयोग गरेका छन्। पटक–पटक सचेत गराउँदा पनि बेवास्ता गरेपछि जनकारबाही गर्न बाध्य भयौँ।’

घटनास्थलमा  चर्को नाराबाजी गर्दै उपस्थित विद्यार्थीहरूले अध्यक्षलाई सार्वजनिक रूपमा कालो मोसो दलेका थिए।

संगठनका अनुसार, विद्यालयको नाममा सरकारी अनुदान र अभिभावकबाट सङ्कलन गरिने रकम पारदर्शी ढङ्गले प्रयोग नभएको, समितिमा आफ्ना नातागोता भरेर निर्णय प्रक्रिया एकलौटी बनाइएको जस्ता गम्भीर आरोप लगाइएका छन्।

यसबिच, प्रहरीले घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको थियो । अध्यक्षको पक्षबाट भने अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।

विद्यालय प्रशासनले भने घटनालाई दुर्भाग्यपूर्ण भन्दै छानबिन प्रक्रिया अघि बढाउने जनाएको छ। शिक्षा क्षेत्रलाई राजनीतिक उद्देश्यको मैदान बनाउनु नहुने भन्दै कतिपय अभिभावकहरूले दुःख व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य