अर्कै गाईजात्रा
शैली: कथा
प्रकाशन मिति: २४ साउन २०८२
अङ्कल! एक कप मसाला चिया!
चिरपरिचित स्वर तर अलिक फरक रवाफका साथ कानमा पर्यो। यसो हेरेँ, बिहानै इस्त्री गरेको पयलपोस सुरुवाल कोट अनि ढाका टोपि लाएर केटो रहेछ। सधै कपाल जिङ्ग्रिङ्ग हुने पुरानो जिन्स र टिसर्ट लाउने केटो आज नुवाई धुवाई चिटिक्क परेको थियो। सधैको भन्दा फरक पहिरन र रुप देखेर मैले अनायसै सोधे,
“केटा, के हो आज त?”
उस्ले जिउ तन्काउदै सोध्यो, “नेता जस्तो देखिएको छैन अङ्कल?”
“किन?” मैले चिया छानेर उस्को हातमा दिदै जिज्ञासा राखेँ।
“आज गाईजात्रा हो नि, मनाउन हिडेको ।” उस्ले चिया समात्दै संक्षिप्त उत्तर दियो।
“यस्तो पहिरन र रुपमा?” मैले आश्चर्य मान्दै सोधे।
“यहि रुप र पहिरनमा उनिहरु ३६५ दिन गाईजात्रा मनाउदै छन त।” उस्ले चिया सुरुप्प पारेर सिंहदरवार तिर देखाउदै भन्यो।
प्रतिक्रिया दिनुहोस्


