लघुकथा: वञ्चना

-

लेखक: महेन्द्र नेउपाने

ठेगाना: लोकन्थली, भक्तपुर।

शैली: लघुकथा

“तलाई त हाम्रा बुढा नेताले खोजेका खोजै छन त?” सुमनले बिहान भेट्ने बित्तिकै भरतलाई भन्यो।

“अँ! मलाई थाहा छ।” भरतले साथीको यो भनाइलाई हल्का रुपमा लियो।

“किन खोजेका रा’न?” सुमनले कौतुहलता देखायो।

“अस्ति दुवईबाट फर्कदा एउटै फ्लाईटमा परेका थियौ। छोटो कुरा भएको थियो, त्यहि प्रसङ्गमा होला।” भरतले गम्भिरता नदेखाई फ्यास्स भन्यो।

उसको हल्का पनमा आश्चर्य प्रकट गर्दै सुमनले सोध्यो, “कस्तो कुरो? नेतालाई पनि बेवास्ता गर्ने खालको?”

“मैले यहाँ काम गरेर ८०/९० रकम जम्मा गरिहाले, यताको काम छोडिदिए, भनेको थिएँ।” उसले खुलस्त पारिदियो।

“ए! बुढाको नजर त्यता पो रहेछ?अनि त्यत्रो जम्मा गरेको छस त?” सुमनले कुरो बुझेको भावमा टाउको हल्लाउदै प्रश्न राख्यो।

“कहाँ गर्नु? जाँदा लिएको ऋण त तिर्न सकेको छैन।” भरतले मलिन भावमा भन्यो।

“अनि किन झुट बोलेको?” सुमनको प्रश्नमा भरतले ब्यङ्ग गर्दै भन्यो,
“ती नेताले हामीलाई सधै के के ल्याइदिन्छु भनेर आश्वासन दिई राखेको चै झुट होईन?”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य