spot_img
13.1 C
Kathmandu
Thursday, January 23, 2025
spot_imgspot_imgspot_imgspot_img

निवर्तमान मुख्यमन्त्रीपत्नी सवार गाडी मन्त्रालयकै भएको पुष्टि

spot_img

-

सुनसरी। विहीबार हामीले एउटा समाचार प्रकाशन गरेका थियौँः शेरधन राईको ससुराली परिवारबाट यतिसम्म ज्यादति ? त्यसमा भनेका थियौँ, प्रदेश १ का निवर्तमान मुख्यमन्त्री शेरधनराई पत्नी सवार सरकारी सेतो प्लेटको गाडीबारे अर्को शृंखलामा चर्चा गरौँला ।

त्यसयता रातोसूर्य टिम प्रदेश १ को मुकाम विराटनगरमा पनि यो विषय बुझ्न परिचालन भयो । बिदाका बेला किन अरुलाई सत्य समाचार लेख्दा पनि तनाव थपिदिनु भनेर हामीले आइतबार मात्रै यो विषयमा लेख्न चाह्यौँ ।

मुख्यमन्त्रीपत्नी जाङ्मु शेर्पा सवार को १ झ ५६५ नम्बरको सेता प्लेटको गाडी प्रदेश १ कै आर्थिक मामिला तथा योजना मन्त्रालयको भएको पाइएको छ ।यो मन्त्रालय मुख्यमन्त्रीपछिको बलशाली मन्त्रालय हो र त्यही मन्त्रालय हो, जहाँ एमाले प्रवेश गरेर दोहोरिएर निवर्तमान माओवादी मन्त्री टंक आङ्बुहाङ पुनः अर्थमन्त्री हुन सफल भएका थिए ।

अघिल्लो वर्ष चैत २७ मा एमाले प्रवेशवापत र माओवादी त्याग्दा सांसद पद गएवापत पनि शेरधन राईको कृपामा ६ महिने मन्त्री भएका टंक आङ्बुहाङले नै मुख्यमन्त्रीलाई पनि ससानो सगुनजसरी यो गाडी सुम्पेको गुत्थी यतिखेर खुलेको हो ।

एमाले छिरेर ६ महिना मन्त्री भएबापत मुख्यमन्त्रीको परिवारलाई मन्त्रालयकै गाडी बुझाइएको रहस्य रातोसूर्यले फेला पारेपछि प्रदेश १ सरकारले तत्काल जाङ्मु शेर्पा सवार सरकारी गाडी तान्न आदेश दिएको छ । प्रदेश १ सरकारलाई धन्यवाद् ।

यो पढ्न छुटाउनु भयो कि ?

पूर्वाधारकाे बिग्रेकाे गाडी पनि छाडेनन् पूर्वमन्त्रीले

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग