20.1 C
Kathmandu
Saturday, November 2, 2024
spot_imgspot_imgspot_imgspot_img

शेरधन राईको ससुराली परिवारबाट यतिसम्म ज्यादति ?

spot_imgspot_img

सम्बन्धित खबर

काठमाडौं । प्रदेश १ बाट राजीनामा दिएका मुख्यमन्त्री शेरधन राईको एमालेमा शक्ति कति होला ? उनको शक्ति जति हो, त्यति नै शक्ति पत्नीको हुन्छ र ? नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवामाथि पत्नी आरजु हावी भए, माओवादीको प्रचण्ड परिवारमा पनि सदस्य र बिरामी नहुँदाका बेला सीता दाहाल हावी हुन्थे भनेर आलोचना गर्ने २४ क्यारेटको इमानदार नेकपा एमाले भन्नेहरुले चैँ परिवारमा पतिको आडमा पत्नीले ज्यादति गर्न पाइन्छ ?

बालिका खड्काले पटकपटक अन्याय भयो भनेर मिडिया र एमाले मुख्यालय धाइरहँदा भेट नभएका तत्कालीन मुख्यमन्त्री शेरधन राईकी पत्नीले सामान्य कुटपिटको मुद्दामा कतिसम्म गरिन् पछिल्लो २४ घण्टामा भनेर एउटा विवरण रातोसूर्यले फेला पारेको छ । घर अगाडिको गाडी हटाइएको नाममा घरधनीले कुटपिटमा पर्नु मात्र परेको छैन, उनका वृद्ध बुबा र घटनामा संलग्न नभएका छोराले प्रहरीको हिरासत चाख्नु परेको छ ।

अनि मेरो परिवारको सदस्य अमेरिका जान लागेको रोकियो भन्दै अमेरिका जाने खर्च र ह्याम्स हस्पिटलको उपचार खर्चसमेत मागेर दुःख खेपिरहेका छन् सञ्जय कुँवर । म सक्दिनँ भन्दा महिला हिंसाको मुद्दा बनाएर अनेक दुःख दिन लागिएको घटना यस्तो छ, पढेर आफैँ विचार गर्नुहोला, एमालेका नेताका पत्नीले पाए भने कतिसम्म पावर एक्सरसाइज गर्दारहेछन् ?

तपसिलः
मितिः पुस ७ गते
समयः बिहान ११ बजे
घटनास्थलः काठमाडौं, बुढानिलकण्ठ मन्दिर परिसर
विवरणः स्थानीय सञ्जय कुँवरको घरअगाडि पार्किङ गरिराखेको सवारीसाधन हटाइयो सवारी साधन निकालेर बनेपा जाने तयारीमा थिए कुवर मेरो सवारीसाधन किन   हटाइएको भन्दै सवारी धनी एक महिलाको उपस्थिति । मेरो गाडी किन हटाइयो भनेर कुँवरलाई एक झापड प्रहार । नजिकै पसल गरेर बस्ने अम्बिका पनेरुले छुट्याइउनु प¥यो । घटना यही हो । विवरण अनुसारका पात्रहरु पनि तिनै हुन् । यस्ता घटना शहरबजारमा कति भइरहन्छन्, के उल्लेख्य होला र, तपाईंको मनमा यस्तै खेलिरहेको होला । यो घटना अलि फरक नै छ । त्यही भएर यो घटना समाचार बनेको हो ।

घटनाको केहीबेरपछि नारायणथान मन्दिरमा कार्यरत पहरा गणका प्रहरी विना बर्दीमा आइपुग्छन् । पहिले नै पिटाइ खाइसकेका कुँवरलाई फेरि घरबाट निकालेर कुटपिट हुन्छ । यसरी सादा पोशाकमा आएका प्रहरीले दिनदहाडै कुटपिट गरेको घटनाको सिसिटिभी फुटेज पनि छ । दुवै पक्ष घाइते पनि हुन्छन् ।

अब अर्को घटना भनौँः कुटपिटमा संलग्न मध्येका फुर्वा शेर्पाको टोलीलाई नजिकैको मेडिकल लगियो । उपचार गर्दा बिल थोरै आउँछ भनेर ह्याम्स हस्पिटल जाने सल्लाह भयो । ह्याम्स हस्पिटलमामा भिआइपी कक्षमा उपचार हुँदैछ । (झैझगडासम्बन्धी) उपचार सरकारी अस्पतालमा गर्नु पर्छ र सरकारी अस्पतालले रिफर नगरी अन्य अस्पताल लैजानु हुन्न भन्ने कानुनी मान्यतालाई पनि ठाडै धोती लगाइएको छ ।

ह्याम्स पुगेपछि प्रहरीले थप प्रहरी बल पठायो । सञ्जय कुवर उपचार गर्न गएका थिए । कुँवरका परिवारका जेठो छोरो सन्तोष कुँवर (वर्ष ३४) तथा उनका पिता शम्भु कुँवर (६३ वर्षीय, पूर्व प्रिन्सिपल पन्चकन्या मावि) लाई प्रहरीले लगेर बिहान ११ बजेदेखि साँझ ८ बजे सम्म हिरासतमा राख्ने काम भयो । सञ्जय कुँवर सामान्य उपचार गरेर आए । सन्तोष र उनका पितालाई  प्रहरीले छोड्यो ।

प्रहरीले बिहीबार बिहान ८ बजे सल्लाह गर्ने भनेर बोलायो । कुँवर परिवार समयमा प्रहरी कार्यालय पुग्यो तर शेर्पा परिवार आएन । शेर्पा परिवार शेरधन राईको श्रीमतीसहित सेतो नम्बर प्लेटको गाडीमा आए । सेतोप्लेट देखेपछी आशीष देउलाले देखे र भिडियो खिचे । प्रहरीलाई के चाहियो, देउलालाई पनि कर्यापझ्याप पारे ।

प्रहरी कार्यालयभित्र घटनाको मोलमोलाई भयो । अमेरिका जान लागेको व्यक्ति घाइते भएका छन्, आमेरिका जाने प्लेन टिकेट, ह्याम्सको भिआइपी कक्षमा बसेर उपचार गरेको सम्पूर्ण खर्च र अन्य बिरामी डाइट खर्च माग भयाो । कुँवर परिवारले त्यत्रो दिन सकिन्न भन्दै १५ हजाररुपैयाँसम्म दिने भने । यसपछि कुरा मोडियो । प्रदेश १ बाट केपी ओलीको घमण्डले मुख्यमन्त्री पद गुमाएका शेरधन राईको श्रीमतीको अतिरिक्त शक्ति प्रदर्शनमा यतिखेर यो मुद्दा महिलाहिंसाको मुद्दा बनाउँदै महाराजगञ्ज प्रहरी पठाइएको छ ।

निवर्तमान मुख्यमन्त्रीको पत्नीलाई कसरी सेतो प्लेटको गाडी ? अर्को शृंखला पढ्न नभुल्नुहोला–

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष