Saturday, September 23, 2023
21 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img

पूर्वाधारकाे बिग्रेकाे गाडी पनि छाडेनन् पूर्वमन्त्रीले

भर्खरै

हेटाैैँडा । बागमती प्रदेश सभाकाे बैठकमा सहभागी हुन हेटाैँडा आउदा माननीयज्यूहरुलाई कति कष्ट छ भनेर प्रमाण दिनुभएकाे छ रामेछापका कैलाश ढुंगेल र शान्तिप्रसाद पाैडेलले । उहाँहरु प्रदेश सभा बैठकमा जान मंगलबार पूर्वाधार कार्यालय रामेछापकाे गाडी लिएर हेटाैँडा आउनु भएपछि एमालेमै पनि बदनामीकाे घाउ किन काेट्याएकाे भनेर आलाेचना भएकाे छ ।

कार्यालयकाे वा २ झ ४५२१ नम्बरकाे गाडीमा प्रदेशका पूर्व अर्थमन्त्री ढुंगेल र सांसद पाैडेल आउनु भएकाे हाे । कार्यालय स्राेतका अनुसार यसअघि पनि ढुंगेलले पूर्वाधारकाे गाडी निस्फिक्री दुरुपयाेग गरिरहनु भएकाे थियाे । यसपटककाे कथा झन फरक छ ।

गाडी बिग्रिएर बनाउनु पर्ने भएकाे थियाे । एउटा फित्ता नै फेर्नु पर्ने गाडी भन्दा पनि ‘मान्यज्यू’ले हेटाैँडा पुर्याउन खुरन्धार गरेपछि दिउँसाे २ बजे इन्धन भरेर गाडी हेटाैँडा आएकाे थियाे । राति ९ बजे दुई माननीयलाई हेटाैँडा पुर्याएर गाडी बुधबार बिहानै काठमाडाैँमा ग्यारेज पुर्याइएकाे छ । याे कुरा पूर्वाधार कार्यालय स्राेतले पुष्टि गरेकाे छ ।

यता, ढुंगेलले सरकारी गाडी दुरुपयाेग गरेकाे र आज प्रदेश सभामा आउदा तस्बिर खिच्ने भनेर बसेका पत्रकारहरु भने गाडी काठमाडाैँ पुगेकाले हिस्स पर्ने भएका छन् ।

केपी शर्मा ओली पक्षधर प्रदेश सरकारका अर्का मन्त्री प्रदीप कट्वालले पनि ७२ दिनमा मन्त्री छाड्नु पर्दा सिन्धुली जान सचिवलाई गाडी मागेकाे चर्चा हेटाैँडामा भएकै हाे ।

दुईदुईपटक प्रदेश मन्त्री भएका केशव पाण्डेलाई इंगित गर्दै नुवाकाेटमै हालका स्वास्थ्यमन्त्री विराेध खतिवडाले हेटाैँडाकाे चाेकचाेकमा मन्त्रीकाे साेमरसकाे उधाराे छभन्ने सुनिन्छ भनेपछि एमालेका नुवाकाेटका माननीय तथा अध्यक्ष नारायण खतिवडाले आपत्ति जनाउनु भएकाे विषय पनि हेटाैँडा र नुवाकाेटमा कम चर्चाकाे विषय बनेकाे थिएन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष