एमालेमा रणनीतिक रस्साकस्सी, भण्डारी पक्षको प्रतिवेदन रोक्न केन्द्रीय समिति बैठक स्थगित

-

काठमाडौं, १० भदौ । नेकपा एमालेमा विधान महाधिवेशनअघि नेतृत्व तहमा रणनीतिक रस्साकस्सी तीव्र बनेको छ। भदौ १३ गतेका लागि तोकिएको केन्द्रीय समिति बैठक स्थगित भएपछि पूर्वराष्ट्रपति विद्या भण्डारी पक्षको प्रतिवेदन बैठकमार्फत प्रस्तुत गर्ने योजना प्रभावित भएको छ।

स्रोतका अनुसार बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले तयार पारेको प्रतिवेदन बैठकमा प्रस्तुत गर्ने तयारी थियो। तर बैठक रोकिएपछि अब यो प्रतिवेदन महाधिवेशन हलमै प्रस्तुत गर्ने विकल्प खोजिएको छ।

प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको सदस्यता नवीकरण रोकेको र त्यसमा राखिएको फरक मतलाई अन्तरपार्टी निर्देशनमा समावेश नगरेको विषय मुख्य रुपमा समावेश गरिएको बताइएको छ। साथै, एमाले संस्थापन पक्षबाट जनताको बहुदलीय जनवादलाई कमजोर पार्ने खेल भएको आरोप पनि प्रतिवेदनमा राखिने भएको छ।

स्रोतका अनुसार यो प्रतिवेदन नेपालको कम्युनिस्ट आन्दोलनका प्राणदाता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई मूल विषय बनाइराखेर तयार गरिएको थियो ।

यसअघि, च्यासलस्थित पार्टी कार्यालयमा प्रवेश रोकिएपछि विद्या भण्डारीले थापागाउँमा सम्पर्क कार्यालय खोलेर राजनीतिक गतिविधि अघि बढाएको बताएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य