काठमाडौं, १ भदौ । आगामी भदौ २३ गते ललितपुरमा आयोजना हुन लागेको ‘मिस यूनिभर्स नेपाल २०२३’ का लागि अन्तिम प्रतिस्पर्धामा २२ जना यूवतीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् ।
काठमाडौंको रायन होटलमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि निर्देशक नग्मा श्रेष्ठले उक्त जानकारी दिएकी हुन् । कार्यक्रममा २२ जना प्रतिष्पर्धीहरु रातो कार्पेटमा हिँडेका थिए । उनीहरुले आफ्नो परिचय मिडिया र उपस्थित पाहुनाहरुलाई दिँदै रातो कार्पेटमा क्वाटवाक गरे ।
निर्देशक नग्मा श्रेष्ठले मिस यूनिभर्स नेपाल २०२३’ को ग्रयान्ड फिनाले भदौ २३ गते ललितपुरको गोदावरी कन्भेन्सन सेन्टरमा हुने जानकारी दिईन् ।
उनले यस वर्षको मिस युनिभर्स नेपाले नवीनतालाई अँगाल्ने विश्वास
व्यक्त गरिन् ।
कार्यक्रम कान्तिपुर टिभी एचडी, कान्तिपुर सिनेप्लेक्स एचडी र कान्तिपुर टिभी एचडी युट्युबमा प्रत्यक्ष प्रशारण गरिने पनि उनले जानकारी दिईन् ।
उनले भनिन्,‘ ग्रयान्ड फिनाले भदौ २३ गते ललितपुरको गोदावरी कन्भेन्सन सेन्टरमा हुने छ । यस वर्षको मिस युनिभर्स नेपाले नवीनतालाई अँगाल्ने विश्वास छ कार्यक्रम कान्तिपुर टिभी एचडी, कान्तिपुर सिनेप्लेक्स एचडी र कान्तिपुर टिभी एचडी युट्युबमा प्रत्यक्ष प्रशारण गरिने छ ।’
उक्त अवसरमा एशियन पेन्ट्स नेपाल प्रालिका कन्ट्री डाइरेक्टर श्री जी गोपालकृष्णले प्रायोजकको रूपमा साझेदारी गर्न पाउँदा खुसी व्यक्त गर्दै, यस उल्लेखनीय यात्राको एक हिस्सा भएकोमा उत्साहित भएको बताए ।
उनले भने,‘एशियन पेन्ट्स नेपाल र मिस युनिभर्स नेपाल २०२३ बीचको तालमेल अझ जीवन्त र सुन्दर संसार बनाउने हाम्रो साझा दृष्टिकोणको प्रमाण हो।’