प्रधनमन्त्री ओलीले दिए दुर्गेश थापालाई बधाई

-

काठमाडौँ,९ असार  । प्रधानमन्त्री केपी शर्मा ओलीले गायक दुर्गेश थापालाई बधाई दिएका छन् ।गायक दुर्गेशको गीत ‘दुश्मन हेरेको हेरै’ले रिलिजको पाँच पहिनामा १० करोड भ्यूज प्राप्त गरेको अवसरमा प्रधानमन्त्री ओलीले गायक दुर्गेशलाई बधाई दिएका हुन् ।

उनले भनेका छन्- ‘नयाँ पिँढीले बेग्लै स्वादका गीत/ संगीतमा रुचि देखाउन थालेको ‘दुश्मन हेरेको हेर्‍यै’ गीतको भ्युवरबाट थाहा हुन्छ । दुर्गेश थापाको यो गीत सुन्नेको संख्या पाँच महिनामा १०० मिलियन ( १० करोड); पुगेको छ । गीतका सर्जक दुर्गेश थापालाई बधाई !’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य