वडाध्यक्ष खनालको अर्को गम्भीर त्रुटीः २ छोरा गायव गरेर जग्गा नामसारी गर्न मालपोतलाई पत्र

Categories:

-

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ को कार्यालयबाट अर्को पनि गम्भीर त्रुटी भएको पाइएको छ । छोराको जन्मभन्दा ३ वर्ष अगाडि नै आमाको मृत्यु भएको प्रमाणित गरी सिफारिस गरेका वडाध्यक्ष शिवप्रसाद खनालले सोही परिवारको काममा अर्को पनि गम्भीर त्रुटी गरेका हुन् ।

मनहरी–१ स्थित स्वर्गीय लालबहादुर भोलोन र उनकी पत्नी नन्दकुमारी भोलोन (छोरा जन्मनुभन्दा ३ वर्ष पहिल्यै मृत्यु भएको प्रमाणित गरिएको व्यक्ति) का ५ भाइ छोरा छन् । जेठा छोरा डिलबहादुर भोलोन, माइला छोरा कृष्णबहादुर भोलोन, साइँला छोरा भीमबहादुर भोलोन, काइँला छोरा सुकराम भोलोन र कान्छा छोरा गंगालाल भोलोन हुन् । ५ मध्ये ४ भाइ नेपालमै छन् भने गंगालाल वैदेशिक रोजगारीमा छन् ।

गत वैशाखमा सम्पन्न निर्वाचनबाट वडाध्यक्षमा पुनः निर्वाचित खनालले अघिल्लो कार्यकालमा ५ मध्ये ३ जना छोरालाई मात्र देखाएर अंशवण्डा गराएको रहस्य बाहिरिएको छ ।
वडा कार्यालयबाट २०७८ पुस ५ गते मालपोत कार्यालय हेटौंडालाई सिफारिस पत्र पठाइएको थियो । जसमा जेठा डिलबहादुर र कान्छा गंंगालाल गायब छन् । डिलबहादुर र गंगालालको नाम नै नराखी ३ भाइ मात्रै देखाएर वडाध्यक्ष खनालले मालपोत कार्यालयलाई जग्गा नामसारीको लागि सिफारिस गरेका हुन् ।

सिफारिस पत्रमा कृष्णबहादुर भोलोनलाई जेठा छोरा भनिएको छ, तर उनी माइला हुन् । पत्रमा भीमबहादुरलाई माइला भनिएको छ, उनी साइँला हुन् । सुकरामलाई कान्छा भनी सिफारिस गरिएको छ जब कि सुकराम साइँला हुन् । कान्छा गंगालाल सिफारिस पत्रमा अटेटन् । २०३७ सालमा जन्मिएका गंगालालकी आमा नन्दकुमारीको २०३४ सालमै मृत्यु भएको प्रमाणित गरी आफ्नो हस्ताक्षरमा वडाध्यक्ष खनालले सिफारिस गरेका थिए । मालपोत कार्यालयलाई जग्गा नामसारीका लागि गरिएको सिफारिसमा पनि खनालले नै हस्ताक्षर गरेका छन् । वडाध्यक्षको सिफारिस पत्रको आधारमा मालपोतले ३ जनाको नाममा जग्गा कित्ताकाट गरिदिएको छ ।

गम्भीर त्रुटी, विवादैविवादमा फसेका खनाललाई मनहरी–१ का जनताले दोश्रो कार्यकालका लागि निर्वाचित गराए । तर, बाहिर आएका विषयहरुलाई हेर्ने हो भने, खनालले वडाको नेतृत्व गर्ने क्रममा गम्भीर त्रुटीहरु भएका छन् । अंशवण्डा, नाता प्रमाणित जस्ता महत्वपूर्ण विषयहरुमा त्रुटी हुँदा खनालको कार्यक्षमतामै प्रश्न उठेको छ ।

वडाध्यक्ष खनाल काण्ड फलोअपः नाता प्रमाणित नै गलत, भाइहरुलाई छोरा बनाइदिए प्रतीक्षा गर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य