Wednesday, February 21, 2024
11.1 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

जम्बुलिङ ईन्टरनेशनल अवार्ड २०२२ घोषणाः जेठमा नोमिनेशन हुने, यसरी भर्नुहोस फारम

सम्बन्धित खबर

काठमाडौँ । जम्बुलिङ फिल्मस प्रा. लि. ले १० औं वार्षिक उत्सव को अवसरमा नव वर्ष २०७९ को शुभकामाना अदानप्रदान तथा वृहत सांस्कृतिक कार्यक्रम र जम्बुलिङ ईन्टरनेशनल अवार्ड २०२२ को घोषणा कार्यक्रम सम्पन्न भएको छ ।

गत चैत्र २६ गते शनिवारका दिन काठ्माण्डौको गंगबु स्थित बिजिबाङक्येटमा उक्त
कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुखपुर्व पर्यटन, संस्कृति तथा नागरिक उड्यान राज्य मन्त्रि परशुराम तामाङको प्रमुख आतिथ्यतामा र वरिष्ठ समाजसेवी एवं रा.ज.पा. को शसत्त युवा नेता बिषेश अतिथि डा. भिमलाल तामाङले दिपप्रज्वलन गरि कार्यक्रमको
उद्बघाटन गरेका थिए ।

कला सांस्कृतिको संरक्षण र सम्बर्द्वनका लागि प्रत्यक्ष / अप्रत्यक्ष रुपमा सहयोग गर्ने एक दर्जन भन्दा धेरै कलाकार हरुलाई कार्यक्रमबिच आयोजक संस्थाले प्रमुख अतिथिको हातबाट दोसल्ला र सम्मान पत्रले सम्मान गरेको थियो ।

श्रष्ठालाई सम्मान, नयाँलाई प्रोत्साहन गर्ने मुख्य उदेश्यका साथ प्रा. लि.ले जम्बुलिङ ईन्टरनेशनल अवार्ड २०२२ आगामी साउन महिनाभित्रमा गर्ने भएको छ ।

४८ वटा विधामा रहेको अवार्ड गत चैत्र २६ गतेदेखि यहि बैशख ३० गते सम्म आवेदन खुल्ला रहेको छ भने जेठमा नोमिनेशन हुने भएको छ । आजैबाट जम्बुलिङको कार्यलयमा वा जम्बुलिङ फिल्मस प्रा.ली का अध्यक्ष ९८४१०६७६६६ सम्पर्क गरि गीत संगीतमा आवद्ध कलाकारहरुले आ- आफ्नो बिधामा फारम भर्न सकिने छ ।

म्हेन्दोमाया किङ गायक सागर एस. वाईबाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रम गायक आशिस गोङ्बो तामाङले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

भर्खरै

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष