spot_img
11.1 C
Kathmandu
Tuesday, December 3, 2024
spot_imgspot_imgspot_imgspot_img

नेकपा मावोबादी केन्द्र बूढानिलकण्ठ : को को थिए दावेदार को कस्लाई बनाइयो सर्वसम्मत

spot_img

-

काठमाडौँ ।स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा गठबन्धन दलहरूले कुन पालिकामा कसरी गठबन्धन गर्ने भन्ने निर्णय लिन सकेका छैनन् ।  केन्द्रीय तहमा गठबन्धन घटकबीच निर्णय नहुँदा स्थानीय नेताहरू अन्योलमा छन् । जसका कारण दावेदार उम्मेदवारहरू पनि खुलेर प्रचार – प्रसारमा लाग्न सकिरहेका छैनन् ।  त्यसैगरी अन्य महानगर र उपमहानगरमा जस्तै जनसङ्ख्याको आधारमा देशकै दोस्रो स्थानमा रहेको बूढानिलकण्ठ नगरपालिकामा पनि गठबन्धनका साझेदार दलका प्रतिनिधिहरू नगर प्रमुख र उपप्रमुख  पदमा आ – आफ्नो दाबी गर्दै बसेका छन् ।

गतहप्ता हामीले नेपाली कांग्रेसबाट सम्भावित नगर प्रमुखको दावेदारहरूको समाचार प्रकाशन गरेका थियौं, आज भने हामी नेकपा माओवादी केन्द्रको बारेमा चर्चा गर्ने  छौ ।

 स्थानीय निर्वाचन २०७४ मा यस नगरपालिकामा नगर प्रमुखका रुपमा रविन अधिकारी  नेकपा माओवादी केन्द्र बाट   उम्मेद्वार थिए । उनले ३ हजार ७ सय ९० मत ल्याएपछि माओवादी केन्द्र  नगरको तेस्रो ठुलो दलको रुपमा सीमित रहेको थियो । यसैगरी उपप्रमुखको रुपमा हेमाकुमारी दुलाल अधिकारीले ३ हजार ९२ मत प्राप्त गरेकी थिइन् । तेस्रो पार्टी भएका कारण सो पार्टीले कुनै पनि वडामा सदस्य समेत जितेन ।

चुनाव पछि  नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भयो । पार्टी एकता पश्चात  नेकपा माओवादी केन्द्रलाई  बूढानिलकण्ठ नगरपालिकाको अध्यक्ष पद प्राप्त भएको थियो ।  अध्यक्ष पदमा उनै रविन अधिकारी आए र अधिकारलाई बूढानिलकण्ठ नगरपालिकाका प्रमुखले आफ्नो सल्लाहकार बनाएका थिए । साथै अधिकारीलाई खाने पानीको जिम्मेवारी पाए । र उनले आफूलाई प्राप्त जिम्मेवारी पुरा गर्ने उद्देश्य स्वरुप “नगर खानेपानी नीति“ तयार पार्न नगरका स्थानीय पत्रकार, कार्यकर्ता र विज्ञसमेतको टिम  बनाए ।

आफ्नै खर्चमा केही महानगर उप महानगरको अनुभव समेट्दै नगर खानेपानी नीतिको ड्राफ्ट  तयार गरी  नगर प्रमुख खरेललाई बुझाए । तत्कालीन नगर सल्लाहकार प्रमुख रहेका सुन्दर पुर्कुटी र प्रमुख खरेलले उक्त ड्राफ्टलाई कार्यान्वयन गर्नुको साटो उक्त “नगर खानेपानी नीति“लाई  रद्दीको टोकरीमा फ्याक्ने काममात्रा गरेनन् एक घर एक धाराको नितीलाई पनि धोती लगाईदिए ।

तात्कालिक नेकपाका बूढानिलकण्ठ नगरपालिका  अध्यक्ष भएपछि केही पङ्क्तिकारले  बुढानीलकण्ठ नगरपालिकामा रविन युगको सुरुवात भएको भनेर चाकडी पञ्चलाईन पनि लेखे, तर राजनीति विश्लेषकहरूले उनि उद्धवप्रसाद खरेलको सल्लाहकार बनेदेखिनै उनको राजनीति ग्राफ ओरालो लाग्ने अनुमान गरेका थिए र भयो पनि त्यसै । त्यसो त खरेलले आफूलाई विरोध गर्ने सबैलाई आफ्नो सल्लाहकार बनाएका थिए ।

सत्तारुढ पार्टीको अध्यक्ष बनेका रविन अधिकारीले आफ्नो कार्यकालमा पूर्ण नगर कमिटिको बैठक समेत गर्न सकेनन् । कांग्रेस पृष्ठभूमिबाट कम्युनिष्ट बनेका अधिकारीले कम्युनिष्ट मध्यपनि सबैभन्दा धेरै तिकडम जानेको नेकपा एमाले बुझ्नै नसकी पार्टी फुट्यो ।

त्यसो त फरक घोषणा पत्रबाट चुनाव लडेको दलले आफ्नो घोषणा पत्रको मर्म अनुसार बजेट नआउदा समेत मुख खोल्न सकेन । नेकपा फुटेपछि प्रतिपक्ष बनेको नेकपा माओवादी केन्द्रले नेकपा एमालेले बूढानिलकण्ठ नगरपालिकामा अंगिकार गरेको गलत नीति ब्याप्त भ्रष्टाचार बिरुद्ध ठुलै भण्डाफोर गर्ला र साथ दिउला भनेर पर्ख हेर को नीति लिएको नेपाली कांग्रेस, नेकपा एस  समेत निरास भए ।

मावोबादीका नेताहरुले नगर प्रमुखको विरुद्ध चँु समेत नगर्नुको कारण थिए,  रविन अधिकारी । उनै अधिकारी बिरुद्ध  नेकपा माओवादी केन्द्र बूढानिलकण्ठ नगरपालिकाभित्र उनलाई सिद्द्याउन केही नक्कली माओवादीहरु सकृय रहेका कारण खरेललाई हाइसञ्चो भएको अवस्थालाई कसैले नकार्न सक्दैन ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले हुदै भर्खरै बनेको नेकपा “एस“  समेतको नाडि छाम्दै  कति स्पिडमा रक्तसंचार हुन्छ भनेर थाहा पाउने  रविन अधिकारीले  आफै विरुद्धमा भएको  बिद्रोह साम्य पार्दै  नगर अध्यक्ष भाइ नारायण श्रेष्ठ  लाइ बनाए । केही समय जिम्मेदारी बिहिन बसेका उनै रविन अधिकारि अहिले काठमाडौँ निर्वाचन क्षेत्र नबर ४ “ख“ को  निर्वाचन हाक्ने जिम्मेदारीकासाथ मैदानमा छन् । र चुनावको मिति साँघुरिदै गर्दा आधिकारीले नगर प्रमुख र उपप्रमुखलाइ  र्वसम्मत बनाएर  नगरका राजनीतिक दल र सर्वसाधारणको ध्यान खिचेका छन ।

को को थिए दावेदार को कस्लाई बनाइयो सर्वसम्मत

नगर प्रमुखका दावेदारहरुमा रविन अधिकारी, डम्मर अधिकारी, दामोदर पौडेल, भाइनारायण श्रेष्ठ, पुरुषोत्तम कोइराला, अमर बि.क.रहेका थिए । त्यसैगरी उप प्रमुखमा हेमा अधिकारी,  कमला गौतम, सञ्चिता डोटेल र पुरुष उप मेयरमा टिका नगरकोटी र कुमार खरेलको चर्चा चुलिएको थियो   ।

यस बीच नेकपा माओवादी केन्द्रले बूढानिलकण्ठ नगरपालिकाका प्रमुख र उपप्रमुख उम्मेदवार टुंगो लगाएको छ।  नेकपा माओवादी केन्द्र बुढानिलकण्ठको पूर्ण बैठकले अनुमोदन गर्नेगरी  नगर प्रमुखमा डम्बर अधिकारी र उपप्रमुखमा कमला गौतमलाई उम्मेदवार बनाउने प्रस्ताव गरिएको छ ।

नेकपा माओवादी केन्द्र बागमती प्रदेस कमिटीका सदस्य अधिकारी लामो समय देखि नेकपा माओवादी केन्द्रका विभिन्न जिम्मेवारीहरुमा सक्रिय रहेका थिए।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको बालउद्धार    मावीका पूर्व व्यवस्थापन समितीका अध्यक्ष अधिकारीले  साविक कपन गाविसको राजनीतिक  संयन्त्रमा दलीय प्रतिनिधिका रुपमा काम गरेको अनुभव संगालेका छन ।

त्यस्तै  नगर उपप्रमुखमा  कमला गौतमलाइ सिफारीस गरिएको छ । गौतम  नेकपा माओवादी केन्द्र बूढानिलकण्ठ नगर कमिटि  उपाध्यक्ष  छिन,  द्वन्द काल देखि माओवादी आन्दोलनमा सक्रिय रहेकी उनि पूर्व लडाकु समेत हुन्

नगरप्रमुखमा सर्वसम्मत बनेका अधिकारी  बूढानिलकण्ठ नगरपालिकाकै सबैभन्दा धेरै मतदातारहेको   वडा नं १० निवासी हुन् भने उपप्रमुखमा सर्वसम्मत सिफारिस भएकी गौतम वडा नं ८ निवासी रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग