काठमाडौँ । नेपालको संविधान, २०७२ घोषणा भएपछिकोे स्थानीय तहको दोस्रो चुनाव २०७९ वैशाख ३० गते हुनलागेको छ । यसले राजनीतिक दल, बौद्धिकवर्ग तथा जनसाधारण सबैमा उत्सुकता र नयाँ तरंग ल्याएको छ ।
विसं २०७४ सालको स्थानीय चुनावमा संविधानप्रति असन्तुष्टि र आक्रोशले गर्दा केही दलले पहिलो चरणको चुनावमा भाग लिएका थिएन । मधेसकेन्द्री दलहरुले त नयाँ संविधानविरुद्ध कालो दिवस नै मनाएका थिए । तर, पछि तिनीहरु संविधानप्रति नरम हुँदै स्थानीयदेखि संघीय संसद्को चुनावमा मात्र होइन सरकारमा समेत सहभागी हुन पुगे ।
उता नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एमालेलगायत राष्ट्रिय दलहरुले प्रतिस्पर्धात्मक रुपमा भाग लिए । एमालेले स्थानीय तहको चुनावमा धेरै स्तानमा जितेको थियो । एमालेको नाकाबन्दी र भारतविरोधी ‘राष्ट्रवादी’ नाराले स्थानीयदेखि संघीय चुनावसम्म धेरै मत बटुल्यो । यसै क्रममा काठमाडौँको उत्तरपूर्वी नगरपालिका बुढानिलकण्ठ नगरपालिकामा पनि नेकपा एमालेको बहुमतको स्थानीय सरकार पायो प्रमुख उद्धवप्रसाद खरेको नेत्रित्वो मा ।
चुनावमा नेपाली कांग्रेसले नराम्रो संग पराजय भोग्यो पराजयको कारण आन्तरिक कारण भएको भन्दै केहि जिल्ल्ला तथा क्षेत्रियस्तरका नेतालाई कारवाई गर्ने भन्दै हल्ला पनि चल्यो । तर, त्यो प्रक्रिया हल्लामा नै सिमित रहन पुग्यो भने हारबाट लजाएको र तड्पिएको नेपाली कांग्रेस स्थानीय राजनीतिमा ४ वर्ष गाएब नै भयो भनियो भने गलत अर्थ लाग्ने छैन ।
नगरवासीले आफुलाई अफ्टेरो पर्दा कांग्रेस नखोजेका भने होइन, तर तत्कालिन क्षेत्रिय सभापति राजु श्रेष्ठनै पराजित भएको र कांग्रेसका संघिय सासद गगन थापा र राजु श्रेष्ठबीच चरमचुलीमा पुगेको मनमुटाबले कांग्रेस न त नगरवासीका समस्यामा बोल्यो, न त आफ्नै कार्यकर्ता नगरपालिकाले भटाभट विभिन्न मुद्दामा फसाउदा बोल्यो ।
हाल उनै झगडीयहरुले आफ्नो राजनीतिक दुनो सोझ्याउँदै एकजना केन्द्रीय महामन्त्री र अर्का एकजना प्रदेश महामन्त्री बन्न सफल भए । तर बुढानिलकण्ठ नगरपालिकामा भएका चरम वेथितीमा दुईचार खोष्टा वक्तव्य निकाल्ने कामभन्दा अरु माखो नमारेको तथ्य जगजायर नै छ ।
जसका कारण सन्नीकट आएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले कुन मुद्दा लिएर चुनावमा जाला भन्ने जिज्ञासा पैदा भएको छ । यसैबीच दर्जनभन्दा बढी नगर प्रमुखका आकांक्षीहरु मैदानमा त देखिएका छन्, तर उनीहरु खुलेर जनतामाझ जान भने सरम मानिरहेको अवस्था छ ।
को को छन् त नगर प्रमुखका प्रत्यासी ?
आकांक्षीहरूमध्ये नेपाली कांग्रेस बुढानिलकण्ठ नगर सभापति समेत रहेका राजाराम बुढाथोकीलाइ बलियो आकांक्षीको रूपमा लिइएको छ । उनले आफू स्वभाविक आकांक्षी रहेको बताउने गरेका छन् ।चुनावमुखी सक्रियताका हिसाबले हेर्ने हो भने बाँकी आकांक्षीभन्दा बुढाथोकी अगाडि देखिन्छन् । नगर सभापति भएपछि उनले संगठनलाइ सहज र प्रभावकारी परिचालन गरेको भनेर प्रशंसा पनि हुने गरेको पाइन्छ । तर, बुढाथोकीले तत्कालिन कपन गा वि सको सर्वदलीय संयन्त्र र बुढानिलकण्ठ नगर गठन भैसकेपछि पनि सर्वदलीय संयन्त्रमा बसेर पनि नगरका समस्य पहिल्याउन र नगरपालिकाको विकासमा ठोस भिजन दिन सकेको आरोप लाग्ने गरेको छ ।
यसैगरी शिक्षक पृष्टभूमिका वडा नं ११ का विनोद चालिसे पनि मेयरका आकांक्षी हुन् । महाधिवेशन प्रतिनिधि रहेका चालिसे पूर्व क्षेत्रीय सचिव हुन् । चालिसेले नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित हुन अघि नेपाली कांग्रेसको संगठन विस्तार तथा अन्य गतिविधिमा उनी निकै सकृय भएका कारण उनलाई सबैजसो कार्यकर्ताले रुचाउने गरेको पाइन्छ । जसका कारण उनी दोस्रो आकांक्षी हुन भन्दा फरक पदैन । राजनीतिको लाभमुखी पदमा नपुगेगा चालिसेलाइ लागाइने आरोप भने निकै कम रहेको छ ।
त्यस्तै ०४२ सालका सत्याग्रहदेखिको इतिहाससँग जोडिएका गोकर्ण केसी हाल नेपाली काँग्रेस काठमाडौ जिल्ला उपसभापति हुन् । उनी पनि आसन्न निर्वाचनमा नगर प्रमुखको दावेदार रहेका छन। काठमाडौँ क्षेत्र नं ५ का भएका कारण उनलाई विभिन्न कोणबाट प्रश्न गर्ने जमात देखिन्छ । तर पनि आकांक्षीहरूमध्ये केसी नेपाली काँग्रेस बुढानिलकण्ठको पूर्व नगर उपसभापति समेतरहेकाकारण उनको दावी अर्थपूर्ण रहेको छ ।
यसैबीच आकांक्षीका अन्य दावेदारहरुमा रामकृष्ण केसी एवम् भोला लामिछाने पनि रहेका छन् । कपनका केसी पूर्व जनप्रतिनिधि हुन भने चपलीका लामिछाने पूराना नेताको कोटीमा पर्छन् । केसी तथा लामिछानेले आफ्नो आकांक्षालाइ अनौपचारिकरुपले घोषणा तथा त्यसलाई पुष्टि गर्ने भने गरेका छैन् ।
निर्वाचनको मिति नजिकिएसँगै नगर प्रमुखका दावेदारहरु पनि थपिदै जाने छन्न् । तर आधिकारिक टिकट भने माथि उल्लेख गरिएका नामहरुमध्य बाट आउने निश्चित छ ।