Monday, February 26, 2024
7.1 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

नेपाल आइडल सिजन-४ को उपाधि भूपेन्द्रलाई

सम्बन्धित खबर

काठमाडौं । गायन रियालिटी शो नेपाल आइडल सिजन ४ को उपाधि भैरहवाका भूपेन्द्र थापा मगरले जितेका छन् । शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेका हुन् ।

उपाधिसँगै भूपेन्द्रले ट्रफी र ३० लाख रुपैयाँ नगद प्राप्त गरे । नेपाल आइडल सिजन-४ मा झापाका नामगेल तामाङ फस्ट रनरअप र रामेछापका रञ्जित नेपाली सेकेन्ड रनरअप घोषित भए । उनीहरुले ट्रफीसँगै क्रमशः ५ लाख र ३ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

यसैगरि झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल पनि फाइनलमा प्रवेश गरेका थिए । उनीहरुले गिटार र १० लाख बराबरको बीमा सुविधा प्राप्त गरे । साथै यो सिजनमा संगीतकार शम्भुजीत बास्कोटा, गायक सुगम पोखरेल र गायिका सुबानी मोक्तान निर्णायकको रुपमा थिए ।

प्रतिक्रिया दिनुहोस्
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

भर्खरै

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष