6.1 C
Kathmandu

माघ २२ गते काठमाडौंमा ‘युवा साँझ सांस्कृतीक कार्यक्रम’ हुने

Categories:

-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालको प्रचार विभागको बैठक आज संघको केन्द्रीय कार्यालय बबरमहलमा सम्पन्न भएको छ ।

युवा संघ केन्द्रीय कमिटीको आयोजनामा यही माघ २२ गते काठमाडौं हुने ‘युवा साँझ सांस्कृतीक कार्यक्रम’ सफलरुपमा सम्पन्न गर्नका लागि प्रचारप्रसार कार्यलाई तिब्रता दिने निर्णय भएको छ ।

यस्तै संगठन निर्माण, संगठनले गर्ने कार्यक्रमलाई व्यवस्थित रुपमा प्रचारप्रसार गर्ने निर्णय भएको छ । यसैगरी युवा साँझ सांस्कृतीक कार्यक्रमलाई मिडियामा प्रचारप्रसार गर्नका लागि तीन सदस्यीय कमिटी गठन भएको केन्द्रीय सचिव एवं कार्यालय प्रमुख नरेश गिरीले बताए ।

कमिटीको संयोजकमा तेन्जिङ भोटिया र सदस्यद्धयमा सुजल थापा र सुबास अर्याल रहेका छन् । युवा साँझ कार्यक्रमको संयोजन संघका केन्द्रीय सचिव शुशिल भट्टराईले गरेका छन् । युवा साँझ कार्यक्रममा कलाकारहरु जिवन शर्मा, मनोज गजुरेल, हेमन्त शर्मा, महेन्द्र राई, जमुना सनम, दिपा तामाङ, रमेश बोखिम लगायतको सहभागिता हुने संयोजक भट्टराईले बताए ।

संघका उपमहासचिव एवं प्रचार बिभागका प्रमुख संजिव राईको अध्यक्षतामा बसेको बैठकमा एकीकृत समाजवादीका पोलिट्व्यूरो सदस्य एवं युवा इन्चार्ज दिलु पन्त, युवा संघका उपाध्यक्ष नितेश पौडेल, पुर्व सचिव ध्रव यादव लगायतको विशेष उपस्थिति रहेको संघका केन्द्रीय सदस्य एवं प्रचार विभागका सदस्य लक्की राईले बताए ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य