spot_img
23.1 C
Kathmandu
Friday, June 13, 2025
spot_imgspot_imgspot_img

फेश अफ द माडवारी किड्स २०२१’ को तयारी

-

काठमाडौ ।माडवारी समुदायका बालबालिकाहरुको व्यक्तित्व विकास र प्रतिभा प्रस्तुतिका लागि आयोजना हुँदै आएको ‘फेश अफ द माडवारी किड्स २०२१’ को तयारी अन्तिम चरणमा पुगेको छ । काठमाडौंमा आउँदो शनिबार विजेताको चयन हुँदै छ ।

प्रतियोगीहरु विभिन्न प्रशिक्षणमा व्यस्त छन् । उनीहरुलाई कोरियोग्राफर एवं अभिनेता दिक्पाल कार्की र पुनम बर्माले प्रशिक्षण दिइरहेका छन् ।

प्रतियोगितामा विधि अग्रवाल, नाभिका अग्रवाल, विधि शाह, आरध्या अग्रवाल, वान्सिका जोधानी, रुट्बी अग्रवाल, अमारिया अग्रवाल, साईना अग्रवाल, पिहु चाचन, आध्या अग्रवाल, लक्ष्य अग्रवाल, गगन बन्सल, अन्सुल अग्रवाल, शिवान्स खेतान, भियोम शर्मा, रेयान्स मित्रुका, भिहान मिन्डा, कृतिम चाचन, जुयान्स तिब्रेवाल प्रतिस्पर्धी छन् ।

त्यस्तै तेजस पोद्दार, मायाँक गोयल, गर्भ वाहेटी, जयदेब बँशल, कुश तिब्रेवाल, मेदान्स अग्रवाल, गौतम अग्रवाल, दिब्यंका शर्मा, विधिता अग्रवाल, आस्ना अग्रवाल, आध्या शर्मा, आयुशी अग्रवाल, आंशिका मित्रुका दिब्या अग्रवाल, यशस्भी खेम्का, मानस्भी खेम्का पनि अन्तिम प्रतिस्पर्धी रहेका छन् ।

यो मिनपचासको बिदामा माडवारी समुदायका बालबालिकालाई उनीहरुको प्रतिभा प्रस्तुत गराउन विगतझैं यसपटक पनि यो प्रतियोगिता आयोजना गरिएको आयोजक रेखा मोदी मितृकाले बताइन् । रेखाले यसअघि ‘फेश अफ द माडवारी’ को आयोजना पनि गर्दै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img

भर्खरै

रंगशालारंग