25.1 C
Kathmandu
Thursday, October 10, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

डोरमणि पौडेलले हत्पत्ति गाडी फिर्ता नदिने !

spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

सम्बन्धित खबर

हेटौँडा । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारको गाडी हत्पत्ति फिर्ता नगर्ने जिकिर गर्नु भएको छ । अत्यन्त स्वच्छ छविका मान्छेको चरित्रमा दाग लगाउन बनिबनाउ समाचार लेख्ने काम भएको भन्दै स्वकीयलाई विज्ञप्ति निकाल्न लगाउनु भएका पौडेलले ‘त्यत्तिकै’ गाडी फिर्ता नदिने घोषणा गर्नु भएको छ ।

कानुन अभावमा बागमती प्रदेशमा पूर्व मुख्यमन्त्री तथा मन्त्रीहरूलाई कुनै पनि सेवा सुविधा उपलब्ध गराइएको छैन । आफू ४२ महिना बागमती प्रदेश सरकारको नेतृत्वमा रहँदा पछि यस्तो दिन आउला भनेर कुनै कानुन बनाउन आवश्यक नठान्दा अहिले पौडेलको स्वच्छ छवि भने पिएका विज्ञप्तिमा छताछुल्ल भएको छ ।

भदौ २ गते बहुमतको बागमती प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिन परेका पौडेलले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सरकारी गाडी‚ सुरक्षा गार्ड (पिएसओ) र सवारीचालकको सुविधा लिइरहनु भएको छ । र पछिल्लो पाँच महिना उहाँ त्यही गाडी फिर्ता नगरी पिएहरुलाई स्वच्छ छविका पौडेलको बदनाम भएको भन्दै विज्ञप्ति निकाल्न लगाएर बसिरहनु भएको छ ।

कानुन मन्त्रालयको सरकारी नम्बर प्लेट भएको प्रदेश ३०१–००२ झ ४७३९ नम्बरको गाडी पौडेलले तत्काल फिर्ता नगर्ने भनेपछि ‘स्वच्छ छवि’माथि नै मजाक भएको छ ।

प्रदेश सरकारले पटकपटक गाडी फिर्ता गर्न माग गरेको तर नदिएको समाचारपछि पौडेलको सचिवालयले भनेको छ‚ ‘प्रदेश सरकारले लिखित चिठी नपठाएसम्म म गाडी फिर्ता गर्दिनँ‚ मेरो इमानदारिता र स्वच्छ छविमाथि प्रहार नहोस् ।’

पौडेलका स्वकीयले निकाले विज्ञप्ति भने पौडेल र स्वकीयको आधिकारिक फेसबुक पेजमा राखिएको छैन ।

[web_stories title=”false” excerpt=”false” author=”false” date=”false” archive_link=”true” archive_link_label=”” circle_size=”150″ sharp_corners=”false” image_alignment=”left” number_of_columns=”1″ number_of_stories=”5″ order=”DESC” orderby=”post_title” view=”circles” /]

प्रतिक्रिया दिनुहोस्
- Advertisement -spot_img

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष