20.1 C
Kathmandu
Thursday, October 10, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विनोद खन्ना पथमा नवाजुद्दीन

spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

सम्बन्धित खबर

काठमाडौं । प्रतिभाले भरिपूर्ण बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीले फिल्म उद्योगमा आफ्नो दमदार स्थान बनाइसकेका छन् । हालै उनले आफ्नो ओटीटी फिल्म ‘सिरियस मेन’का लागि ‘फिल्मफेयर ओटीटी अवार्ड’ जिते । उनको अभिनयका लागि उनी ‘अन्तर्राष्ट्रिय एमी अवार्ड’मा ‘उत्कृष्ट अभिनेता’को मनोनयनमा पनि परेका थिए ।

यद्यपि, उनले ‘एमी अवार्ड’ जित्न सकेनन् । अवार्ड नजिते पनि उनी दुःखी छैनन् । उनी विश्वकै ‘उत्कृष्ट अभिनेता’को श्रेणीमा आफ्नो नाम आउनु आफ्ना लागि ठूलो उपलब्धि भएकोमा सन्तुष्ट छन् ।

‘मैले यस्तै किसिमको फिल्ममा काम गर्दै गएँ भने अवार्ड त ८–१० वर्षमा नै पाउँछु । मलाई अवार्डभन्दा पनि राम्रो फिल्ममा जोडिने चाहना छ । म राम्रो फिल्म गर्न चाहन्छु’, उनी भन्छन् ।

नवाजुद्दीनले ‘ग्याङ्स अफ वासेपुर’, ‘मन्टो’, ‘फोटोग्राफ’, ‘सिरियस मेन’, ‘रात अकेली है’ जस्ता फिल्ममा अभिनय गरेका थिए । यसबाहेक उनको अभिनय ‘किक’, ‘रईस’, ‘बजरंगी भाइजान’, ‘मुन्ना माइकल’जस्ता व्यावसायिक फिल्ममा पनि हेर्न पाइन्छ ।

उनी चाँडै टाइगर श्राफका साथ फिल्म ‘हीरोपन्ती २’मा देखिँदैछन् । जहाँ उनले लोकप्रिय अभिनेता विनोद खन्नालाई सम्मान गरिरहेको दर्शकले हेर्न पाउनेछन् ।

‘मैले धेरै समय अगाडि विनोद खन्ना साहबलाई एयरपोर्टमा देखेको थिएँ । त्यही बेला मैले जिन्दगीमा यस्तो चरित्रको काम गर्ने मौका मिल्यो भने विनोद खन्नाकै शैलीलाई आफ्नो भूमिकामा ढाल्ने निर्णय लिएको थिएँ । जुन मौका अहिले पाएको छु’, उनले भनेका छन् । उनले विनोद खन्नासँग एक टेलिफिल्ममा अभिनय गरे पनि त्यो टेलिफिल्म रिलिज भएन ।

नवाजुद्दीनले आफ्नो अभिनय करियरमा कैयौं ठूला अभिनेताहरूसँग काम गरेका छन् । जसमा सुनील दत्तको नाम पनि पर्दछ । फिल्म ‘मुन्नाभाइ एमबीबीएस’मा सुनीलसँग उनको एक दृश्य थियो । ‘दृश्यको सुट सकिएपछि उहाँले मलाई कोकाकोला पिउन दिनुभएको थियो । त्यो कोकाकोलाको स्वाद पनि फरक थियो, किनकि सुनील दत्तले मलाई दिनुभएको थियो’, उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
- Advertisement -spot_img

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष