spot_img
13.1 C
Kathmandu
Thursday, January 23, 2025
spot_imgspot_imgspot_imgspot_img

मिसेस नेपाल बन्न अभिनेत्री उषा रजकसहित २४ महिला प्रतिस्पर्धामा

spot_img

-

काठमाडौँ- विवाहित महिलाहरूका लागि आयोजना गरिँदै आएको मिसेस नेपाल वल्र्डको अन्तिम प्रतिस्पर्धाका लागि २४ महिलाबीच भिडन्त हुने भएको छ ।
आगामी पुस १७ गते राजधानीको कमलादीस्थित नेपाल एकेडेमीमा हुने प्रतियोगितामा कोही एकले मिसेस नेपालको उपाधि उचाल्नेछन् । कार्यक्रमको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।

करिब १ महिने प्रशिक्षणपश्चात् सम्पन्न हुने प्रतियोगितामा रेइबी बज्राचार्य , सुमित्रा पौडेल उप्रेती, लक्ष्मी जोशी, मनिता प्याकुरेल, सुजाता अर्याल, सुष्मिता खड्का, माधुरी कर्ण, पवित्रा बानियाँ, जयन्ती राई, विनिता कुइँकेल, सुमिता लामा , राजश्री थापा, मनिका न्यौपाने, सृष्टिका दोङ्ग तामाङ्ग, सोनु मगर ढुंगेल, उर्मिला उप्रेती सिलवाल, संगीना अर्याल, दीक्षा केसी, पार्वती गिरी, सृजना सुवेदी, निरन्जना भेटवाल, समीक्षा कार्की र माला सुनारका साथमा नायिका उषा रजक पनि सहभागी छिन् ।
रिबन इन्टरटेनमेन्टले यस वर्षदेखि मिसेस नेपाल वल्र्डको आधिकारिक फ्रेन्चाइज प्राप्त गरेको हो ।

आयोजक संस्थाका अध्यक्ष निशु कान्त झाले अनुसार मिसेस नेपाल वल्र्डसँगै सोही स्टेजमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेता पनि चयन गरिनेछ ।मिसेस नेपाल वल्र्डको विजेताले आगामी २०२२ को जनवरीमा अमेरिकाको लस भेगासमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वल्र्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् ।

यो वर्ष मिसेस वल्र्डमा नेपालको पहिलो सहभागिता हुनेछ भने मिसेस इन्टरनेसनल नेपाल र एमएस नेपाल इन्टरनेसनलका विजेताले नेपालको प्रतिनिधित्व गरी सन् २०२२ मा सिङ्गापुरमा हुने मिसेस इन्टरनेसनल तथा एमएस इन्टरनेसनलमा सहभागिता जनाउने छन् । प्रतियोगितामा अश्विनी झाको कोरियोग्राफी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग