31.1 C
Kathmandu
Saturday, June 15, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

‘प्रेमगीत ३’ मा राहत फतेह अली खानदेखि अंकित तिवारीसम्मको स्वर

सम्बन्धित खबर

काठमाडौँ- प्रेम गीत ३ निर्माताले हिन्दी संस्करणमा भारतीय गायक गायिकाको स्वर रहेको जानकारी गराएका छन् । निर्माण टिमले हिन्दी संस्करणको गीत संगीतको काम सकिएको जानकारी गराउँदै गीतमा हिन्दी फिल्मका चर्चित पाश्र्व गायक गायिकाको स्वर समेटिएको जानकारी गराएका छन् ।

निर्माण टिमले जानकारी दिएअनुसार गीतमा राहत फतेह अली खान, अंकित तिवारी, पलक मुछाल, देव नेगी, कुमार, एम तुराज आदिको स्वर समेटिएको छ । राहत फतेह अली खानः ये सनम तुही तु.. बोलको गीतमा उनले आवाज दिएका छन् । त्यस्तै अर्को गीत तुम प्यार हो मार्फत अंकित तिवारी र पलक मुछालले आवाज दिएका छन् । त्यस्तै अर्को डान्स नम्बर मुझ्मे बस् जनामा देव नेगी र पलक मुछालले स्वर भरेका छन् । यसमा चर्चित गीतकार कुमार र एम तुराजको लेखन रहेको छ ।

निर्माण टिमले प्रेम गीत ३ नेपालीसँगै हिन्दीमा पनि रिलिज गर्ने बताउँदै आएको छ । नेपालीमा प्रदर्शन मिति तय भए पनि हिन्दी भर्सन भने कहिले सार्वजनिक हुन्छ ? निर्माण टिमले खुलाएको छैन । तर केही पहिले भने नेपाली र हिन्दी भर्सन एकैचोटि सार्वजनिक गर्ने निर्माताको भनाइ रहँदै आएको थियो ।

फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, मनिष राउत, सन्तोष सेन, लक्ष्मी बर्देवा, जिवन भट्टराई, पुष्कर कार्की, अनुभव रेग्मी, प्रेम पुरी, क्रिजन गौतम लगायतका कलाकारको अभिनय देख्न सकिने छ । सन्तोष सेनको लगानीमा निर्माण भएको चलचित्रमा छेतेन गुरुङ र सन्तोष सेनको निर्देशन रहेको छ । फिल्म फागुन १३ मा प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष