30.1 C
Kathmandu

जेन–जी आन्दोलनको प्रदर्शनमा बुढानिलकण्ठका तीन वडामा १ करोड ३६ लाख क्षति

-

काठमाडौं, २ असोज  ।

जेन–जी आन्दोलन : बुढानिलकण्ठ क्षति विवरण

भदौ २४ गतेको प्रदर्शनमा ३ वडामा १ करोड ३६ लाख रुपैयाँ बराबरको क्षति
वडा नम्बर अनुमानित क्षति
वडा नं. ११ ९० लाख
वडा नं. १० २३ लाख ८६ हजार
वडा नं. १२ २३ लाख

११

सबैभन्दा बढी क्षति (९० लाख)

१०

२३.८६ लाख क्षति

१२

सबैभन्दा कम क्षति (२३ लाख)

भदौ २४ गते जेन–जी आन्दोलनका नाममा मच्चाइएको तोडफोड, लुटपाट र आगजनीका कारण बुढानिलकण्ठ नगरपालिकाका तीन वटा वडामा ठूलो भौतिक क्षति पुगेको छ।

नगरपालिकाबाट प्राप्त प्रारम्भिक विवरणअनुसार, सबैभन्दा धेरै क्षति वडा नम्बर ११ मा भएको छ। त्यहाँको भौतिक संरचनामा मात्रै करिब ९० लाख रुपैयाँ बराबरको क्षति भएको नगर इन्जिनियर सुनिल महर्जनले जानकारी दिए।

त्यसपछि सबैभन्दा कम क्षति वडा नम्बर १२ मा भएको छ, जसको अनुमानित क्षति करिब २३ लाख रुपैयाँ रहेको छ। यसैगरी वडा नम्बर १० मा भएको क्षति २३ लाख ८६ हजार रुपैयाँ बराबरको रहेको छ।

महर्जनका अनुसार, यो विवरण हालसम्मको  निर्माण प्रारम्भिक आकलन मात्र हो र यसमा भौतिक संरचना तथा निर्माण सम्बन्धी क्षति मात्र समेटिएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य