16.1 C
Kathmandu

बुढानीलकण्ठमा नागरिकका कागजात खरानी, डिजिटल प्रतिलिपि भने सुरक्षित

-

काठमाडौँ,२, असोज । बुढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले हालैको आन्दोलनका क्रममा वडा नम्बर १०, ११ र १२ मा भएका क्षतिक्रममा नागरिकका कागजात कागजी रूपमा जलेर खरानी भए पनि त्यसको डिजिटल अभिलेख भने सुरक्षित रहेको बताएका छन्।

उनका अनुसार आन्दोलनकारीले वडा कार्यालयमा आगजनी गर्दा विभिन्न नागरिकका जन्मदर्ता, मृत्यु दर्ता, नक्सा पास लगायतका महत्वपूर्ण कागजपत्र नष्ट भएका थिए। तर, नगरपालिकाले पछिल्ला वर्षहरूमा डिजिटल अभिलेखीकरण प्रणाली कार्यान्वयन गरेको कारण ती सबै विवरण नगरपालिकाको सर्भरमा सुरक्षित रहेको छ।

बर्तौलाले भने, “शारीरिक रूपमा कागजहरू नष्ट भए पनि नागरिकले सेवामा समस्या भोग्नु पर्दैन। आवश्यक सबै अभिलेख डिजिटल रूपमा सुरक्षित भएकाले पुनः प्रिन्ट गरी तत्काल सेवा लिन सकिन्छ।”

आन्दोलनपछि वडा कार्यालयहरूमा सेवा प्रवाह केही दिन प्रभावित भए पनि डिजिटल अभिलेख सुरक्षित रहनुले ठूलो समस्या टरेको अधिकारीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य