बुढानीलकण्ठको ‘देउवा चोक’ एकै दिनमा ‘जेन–जी चोक’ कसरी बन्यो

Categories:

-

आशिष गुरागाईँ /काठमाडौँ,३० भदौ। मङ्गलवार दिउँसो बुढानीलकण्ठस्थित पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बाहिर पुगेको बेला, मैले देखेँ त्यहाँको सुरक्षा तैनाथी निकै कमजोर थियो। आन्दोलनकारीहरू ठुलो सङ्ख्यामा बाहिर उभिएका थिए तर सुरक्षाकर्मीहरू थोरै मात्र देखिन्थे। सुरुमा त लाग्यो  देउवा दम्पती सायद भित्रै छैनन् कि! किनकि कुनै औपचारिक गतिविधि देखिएको थिएन।

देउवा निवासमा खटिएका प्रहरीहरु

मैले आफ्नै आँखाले देखेँ, आन्दोलनकरीहरुले कमजोर पर्खाल धकेल्दै गर्ल्याम्म ढलाए  काँडे तार हटाउँदै घरभित्र पसे, कतिपय त आँगनभित्रै छिरेर तोडफोड गरिरहेका थिए। प्रहरी र सेनाले हवाई फायर गर्दै भिडलाई पछाडि धकेल्ने कोसिस गरे पनि पर्याप्त सङ्ख्या नहुँदा नियन्त्रण पाउन सकिरहेका थिएनन्।

त्यही भिडभाडबिच एउटा नयाँ दृश्य देखा पर्‍यो आन्दोलनकारीहरूले बडेमानमाका  टायर बालेर, “अब यो ‘देउवा चोक’ होइन, ‘जेन–जी चोक’ हो!” भन्दै नाम परिवर्तन घोषणा गरे। केही क्षणमै त्यो नाम चर्चामा आयो नारामा बदलियो र सामाजिक सञ्जालमा फैलियो।

काँग्रेस सभापति मात्र नभई पाँच पटकसम्म प्रधानमन्त्री बनेका नेताको निवास वरिपरि अचानकै बदलिएको यो नामले नेपालको राजनीति कता मोडिँदै छ भन्ने प्रतीकात्मक सन्देश दिएको मलाई लाग्यो। त्यहाँबाट बाहिरिँदा देखिन्थ्यो एकताका ‘कोइराला निवास’ जत्तिकै प्रतिष्ठित बुढानीलकण्ठको ‘देउवा निवास’ अहिले सङ्कटको प्रतीक बनेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य