काठमाडौँ,२९ भदौ।– अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) का प्रमुखमा हाल प्रेम संजेलको नाम अगाडि बढाइएको छ।
विश्वसनीय स्रोतका अनुसार, आयोगका प्रमुखसहित अन्य संवैधानिक निकायहरूमा समेत नयाँ नियुक्ति सिफारिश गर्ने प्रक्रिया तीव्र गतिमा अगाडि बढिरहेको छ।
अख्तियारमा प्रेम संजेललाई अगाडि सारिएको भए पनि अन्य संवैधानिक निकायका प्रमुख पदका लागि विभिन्न नाममाथि छलफल चलिरहेको बताइएको छ।
स्रोतका अनुसार राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा संवैधानिक परिषद् बीच निरन्तर परामर्श भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्

