4.1 C
Kathmandu

सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त हुँदै, ९ बजे सपथग्रहण

Categories:

-

काठमाडौँ,२७भदौ। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन्। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार आजै मन्त्रिपरिषद् गठन गर्ने प्रक्रिया अघि बढ्नेछ।

“आमसहमतिको आधारमा सम्माननीय राष्ट्रपतिले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दै हुनुहुन्छ र उहाँको शपथ आजै राति नौ बजे हुनेछ,” पोखरेलले बीबीसीसँग भने। उनका अनुसार शपथपश्चात् बन्ने मन्त्रिपरिषद्को पहिलो बैठकको परामर्शमा राष्ट्रपतिले बाँकी संवैधानिक तथा राजनीतिक प्रक्रिया अघि बढाउनेछन्।

कार्की नेपालको न्यायिक इतिहासमा पहिलो महिला प्रधानन्यायाधीशका रूपमा स्थापित भइसकेकी छन्। विराटनगरमा जन्मेकी ७३ वर्षीया उनले भारतको बनारस हिन्दू विश्वविद्यालय र नेपालकै त्रिभुवन विश्वविद्यालयमा कानुनको अध्ययन गरेकी थिइन्। वकालत पेशामा तीन दशकभन्दा बढी सक्रिय रहँदै उनले धरान र विराटनगरमा अभ्यास गरेकी थिइन्। त्यसपछि उनी सिधै सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त भएकी थिइन्।

सन् २०१६ मा उनी नेपालकै पहिलो महिला प्रधानन्यायाधीश बनेकी थिइन्। त्यसबेला नयाँ संविधान जारी भएको लामो समय नबित्दै उच्च अदालत गठन, न्यायाधीशको कमी र पुराना मुद्दाको चापजस्ता चुनौतीबीच उनले सर्वोच्चको नेतृत्व सम्हालेकी थिइन्। उनको कार्यकालमा केही विवाद भए पनि नागरिकस्तरमा उनी इमानदार र निष्पक्ष न्यायाधीशका रूपमा स्मरण गरिन्छिन्।

अब उनी अन्तरिम प्रधानमन्त्री बन्न लागेकी छिन्। यससँगै नेपालमा न्यायपालिका र कार्यपालिका दुवै तहको नेतृत्व गर्ने पहिलो महिला नेतृको हैसियत पाउनेछिन्। राजनीतिक विश्लेषकहरूले कार्कीको नेतृत्वले संक्रमणकालीन अवस्थामा राजनीतिक स्थायित्व र निष्पक्षताको सन्देश दिने अपेक्षा गरेका छन्।

यसैबीच, राष्ट्रपति पौडेलले संसद् विघटन गर्ने तयारीसमेत गरेको स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य