30.1 C
Kathmandu

नेपाली सेनाले निषेधाज्ञा र कर्फ्यू समय खुकुलो पार्यो

Categories:

-

काठमाडौँ,२६भदौ।  नेपाली सेनाले जारी निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई आंशिक रूपमा खुकुलो बनाएको छ।

जङ्गी अड्डास्थित जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबार सूचना जारी गर्दै बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कामका लागि नागरिकलाई आवतजावत गर्न अनुमति दिने निर्णय गरेको जनाएको छ।

सूचनामा भनिएको छ, “पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाका लागि जारी भएको निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई क्रमबद्ध रूपमा खुकुलो बनाउँदै निरन्तरता दिनुपर्ने आवश्यकता देखिएको छ।”

सेनाले भदौ २६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा यथावत रहने र बेलुकी ७ बजेदेखि २७ गते बिहान ५ बजेसम्म कर्फ्यू आदेश जारी रहने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

साहित्य