डिल्लीबजार कारागारबाट भाग्ने प्रयासमा संलग्न कैदीबन्दीलाई सेनाले अन्यत्र स्थानान्तरण गर्यो

Categories:

-

काठमाडौँ,२५भदौ।  डिल्लीबजार कारागारबाट भाग्ने प्रयासमा संलग्न कैदीबन्दीलाई नेपाली सेनाले नियन्त्रणमा लिएर अन्यत्र स्थानान्तरण गरेको छ।

बुधबार बिहान कारागारभित्र कैदीबन्दीहरूले आगजनी गरेका थिए। आगजनीपछि गेट तोड्दै बाहिर भाग्ने प्रयास गर्दा उनीहरू सडकसम्म आइपुगेका थिए। तर, बाहिर तैनाथ नेपाली सेनाले उनीहरूलाई तत्काल नियन्त्रणमा लिन सफल भएको थियो।

लामो समयसम्म कारागार बाहिरै रोकेर राखिएका ती कैदीबन्दीलाई सेनाले स्थानान्तरण गरी अन्यत्र लगेको भए पनि कहाँ लगिएको भन्ने जानकारी भने सार्वजनिक गरिएको छैन।

यसअघि मंगलबार नख्खु कारागार कार्यालयबाट रवि लामिछाने निस्किएपछि अन्य थुप्रै कारागारमा पनि कैदीबन्दी भाग्ने प्रयास गर्ने घटना बढिरहेका छन्। नख्खु कारागारका सबै कैदीबन्दी भागिसकेका छन् भने काठमाडौंबाहिरका विभिन्न जिल्लामा समेत यस्तै प्रयास भइरहेका सुरक्षा निकायहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य