काठमाडौँ,२४भदौ । नेपाली सेनाले केही समूहले विषम परिस्थितिको अनुचित फाइदा उठाउँदै सर्वसाधारण नागरिक र सार्वजनिक सम्पत्तिमा क्षति, लुटपाट र आगजनी गर्ने गतिविधि भइरहेको भन्दै यस्ता कार्य नगर्न आग्रह गरेको छ।
नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि यस्ता गतिविधि रोकिएन भने, नेपाली सेना र अन्य सुरक्षा निकायहरू आफ्नो प्रमुख जिम्मेवारी अनुसार स्थिति नियन्त्रण गर्न आजै रात १० बजेबाट दृढ कदम चाल्नेछन्। विज्ञप्तिमा देशबासीलाई सहयोग र समझदारीका साथ स्थिति नियन्त्रणमा साथ दिन अपील गरिएको छ।
प्रतिक्रिया दिनुहोस्



