Gen-Z का लागि राष्ट्रव्यापी आव्हान: प्रधान सेनापतिले आन्दोलन स्थगित गर्न गरे आग्रह

Categories:

-

काठमाडौँ,२४भदौ । प्रधान सेनापति अशोकराज सिग्देलले देशलाई विषम परिस्थितिबाट शान्तिपूर्ण रूपमा निकाल्न जेनजी पुस्तालाई आन्दोलनका कार्यक्रम स्थगित गरी वार्तामा आउन आव्हान गरेका छन्।

देशबासीका नाममा सम्बोधन गर्दै सिग्देलले नेपालका स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा नेपाली सेनाको कटिवद्धता रहेको बताएका छन्। उनले भने, “जेनजीको आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौं। दिवंगत आत्माको चिर शान्तिको कामना, शोक सन्तप्त परिवारजनप्रति समवेदना तथा घाइतेको स्वास्थ्यलाभको कामना गर्दछौं।”

प्रधान सेनापतिले थपे, “हालसम्म धेरै क्षति भइसकेकोले अब थप क्षति हुन नदिनु जरुरी छ। शान्ति, सुरक्षा, अमनचयन, राष्ट्रिय एकता र सद्भाव कायम गर्नु सबै नेपालीको साझा दायित्व हो। सार्वजनिक सम्पत्ति, कुटनीतिक निकाय र नागरिकको सुरक्षा सुनिश्चित गर्नु हाम्रो साझा कर्तव्य हो।”

सिग्देलको यो सन्देश जेनजी पुस्तासहित सम्पूर्ण नेपाली जनतालाई सुरक्षित वातावरणमा सहकार्य गर्दै शान्तिपूर्ण समाधानतर्फ अघि बढ्न प्रेरित गर्ने उद्देश्य राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य